भक्तपुर अस्पतालमा पीसीआर मेसिन राखिने, साेमबार भक्तपुरमा १३ जना संक्रमित

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

भक्तपुर, २२ भदाै

भक्तपुर अस्पतालमा पीसीआर परीक्षण मेसिन राख्ने तयारी भइरहेको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ड डा. सुमित्रा गौतमले बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले अस्पतालको लागि पीसीआर मेसिन खरिद प्रक्रिया अघि बढाइसकेको बताइन् ।

“हामीले कर्मचारीको व्यवस्था गरिसक्यौं । खरिद प्रक्रिया अघि बढिसक्यो । महिना दिनभित्र पीसीआर परीक्षण सेवा अस्पतालमा शुरु हुने छ”, गौतमले भनिन् ।
उनले भक्तपुर अस्पतालअन्तर्गत चाँगुनारायण नपाको खरिपाटीमा सञ्चालित आइसोलेसनमा सोमबार साँझसम्ममा १०४ जना कोरोनाका संक्रमितको उपचार भइरहेको बताइन् । भक्तपुर अस्पतालमै रहेको आइसोलेसन कक्षमा हाल १४ जना संक्रमित भएको उनले बताइन् ।
भक्तपुरमा १३ जना
सोमबार भक्तपुर जिल्लामा १३ जना व्यक्तिमा कोरोनाको संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ । प्राप्त वितरणअनुसार भक्तपुर नगरपालिकाका १ जना पुरुष र ५ जना महिला, मध्यपुर थिमि नपाका २ पुरुष र १ महिला, सुर्यबिनायक नपाका १ पुरुष र १ महिला तथा चाँगुनारायण नपाका १ पुरुष र १ महिलामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका निष्ठा बल्लले दिएको जानकारीअनुसार भक्तपुर नपा वडा नं २ का २९ वर्षका महिला र ५८ वर्षका महिला, वडा नं ६ का ५५ वर्षका महिला र ३२ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै भक्तपुर नपाकै वडा नं ९ का ५५ वर्षकी महिला र ५० वर्षकी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मध्यपुर नपा वडा नं ६ का ३५ वर्षका पुरुष, वडा नं ७ का २४ वर्षका महिला र वडा नं ८ का ७८ वर्षका पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
चाँगुनारायण नपा वडा नं २ का १४ वर्षकी बालिका र ३७ वर्षका पुरुष तथा सुर्यबिनायक नपा वडा नं २ का २५ वर्षका पुरुष र वडा नं ५ का ५७ वर्षकी महिलामा संक्रमण पुष्टि भएको छ ।
हालसम्म भक्तपुरमा १७२ जना मानिस कोरोना मुक्त भएको स्वास्थ्य कार्यालयले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *