कोरोना उपचारमा खटिने स्वास्थ्यकर्मीलाई शत प्रतिशतसम्म जोखिम भत्ता दिने निर्देशिका पारित

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

सरकारले कोरोना भाइरसको रोकथाम तथा उपचारमा खटिने स्वास्थ्यक्रमीलाई जोखिम भत्ता दिने निर्देशिका पारित गरेको छ। मन्त्रिपरिषदको बैठकले निर्देशिका पारित गरेसँगै स्वास्थ्यकर्मीले भत्ता पाउने बाटो खुलेको छ।

यसअघि सरकारले कोरोना भाइरसको रोकथाम तथा उपचारमा खटिने स्वास्थ्यकर्मीलाई १०० प्रतिशतसम्म जोखिम भत्ता दिने निर्णय गरेको थियो। सो निर्णयपछि स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस (कोभिड -१९) को उपचारमा संलग्न जनशक्तिको जोखिम भत्ता व्यवस्थापन आदेश, २०७७ को मस्यौदा तयार पारेको हो।

स्वास्थ्य मन्त्रालयले तयार पारेको उक्त आदेश मन्त्रिपरिषदले पास गरेको हो।

गत ९ चैतमा बसेको मन्त्रिपरिषदको बैठकले कोरोनाको उपचार तथा रोकथाममा खटिने स्वास्थ्यकर्मीलाई ५०, ७५ र १०० प्रतिशतको दरले जोखिम भत्ता उपलव्ध गराउने निर्णय गरेको थियो।

निर्देशिका अनुसारकोरोना विरुद्ध अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मीलाई १०० प्रतिशत, दोस्रो तहमा रहेर काम गर्नेलाई ७५ प्रतिशत र त्यसभन्दा बाहिर हुने तर कोरोना विरुद्ध खटिएकालाई ५० प्रतिशतको दरले जोखिम भत्ता उपलव्ध हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *