जिल्लागत रूपमा सोमबार नेपालभर संक्रमितकाे अवस्था

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २२ भदाै

नेपालमा कोरोना संक्रमितको संख्या ४७ हजार नाघेको छ। गत २४ घण्टामा ९ सय ७९ भेटिएसँगै कोरोना संक्रमितको संख्या ४७ हजार २ सय ३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

३ सय ३८ महिला र ६ सय ४१ पुरुष गरी ९ सय ७९ जनामा कोरोना भेटिएको हो। प्रदेश १ को उदयपुरमा १, झापामा १६, पाँचथरमा ६, भोजपुरमा १, मोरङमा ३९, सुनसरीमा ६५ र सोलुखुम्बुमा १ जनामा कोरोना भेटिएको छ।

प्रदेश २ को धनुषामा ४४, महोत्तरीमा ३, सप्तरीमा १९, सर्लाहीमा २० र सिरहामा ४१ जनामा कोरोना पुष्टि भएको प्रवक्ता डा जागेश्वर गौतमले बताए।

बागमती प्रदेशको काठमाडौंमा २ सय ९३, काभ्रेमा २८, चितवनमा १९, दोलखामा ३, धादिङमा ४, भक्तपुरमा १३, मकवानपुरमा ७३, ललितपुरमा २०, सिन्धुपाल्चोकमा ३ र सिन्धुलीमा १ जनामा कोरोना पाइएको छ।

गत २४ घण्टामा गण्डकी प्रदेशको कास्कीमा ३०, गोरखामा १८, तनहुँमा ६, नवलपरासी पूर्वमा १६, पर्वतमा १ र लमजुङमा १५ जनामा कोरोना पुष्टि भएको छ।

यस्तै प्रदेश ५ को कपिलवस्तुमा २, गुल्मीमा ८, नवलपरासीमा २, पाल्पामा ५, प्युठानमा १, बर्दियामा ४१, बाँकेमा ४२ र रुपन्देहीमा ४१ जनामा कोरोना पुष्टि भएको छ।

कर्णाली प्रदेशको कालिकोटमा २, जाजरकोट र जुम्लामा १÷१, दैलेखमा ३ र सुर्खेतमा १९, सुदूरपश्चिमको कञ्चनपुरमा ७, कैलालीमा ३, बझाङ र बाजुरामा १÷१ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

कुल संक्रमितमध्ये १६ हजार २ सय ५९ जना सक्रिय संक्रमित छन्। कोरोनाको आशंकामा गत २४ घण्टामा ९ हजार २ सय १८ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या ७ लाख ७७ हजार ५ सय ६३ पुगेको छ। देशभर हाल ४ हजार ७ सय ३९ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *