२४ घन्टामा १४ सय ५५ जना कोरोना संक्रमित संक्रमणमुक्त

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, ९ असाेज

पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ५५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।

देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।

यो सँगै नेपालमा ५१  हजार ८ सय ६६ जना संक्रमित  उपचारपछि निको भएका छन्।

मन्त्रालयका अनुसार १२ हजार २ सय ६२ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै ९ लाख ६८ सय हजार १ सय ८५ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार ६ हजार ४ सय ६४ जना क्वारेन्टाइनमा छन्। संक्रिय संक्रमितको संख्या १८ हजार  २ सय ८९ रहेको छ।

कुन प्रदेशमा कति डिस्चार्ज 
प्रदेश १ –४७१७
प्रदेश २– १२८७३
बाग्मती प्रदेशमा –१३९१६
गण्डकी प्रदेशमा –३०२४
प्रदेश ५मा –८०७३
कर्णाली प्रदेशमा –२८१८
सुदूरपश्चिम प्रदेशमा ६४४५

Leave a Reply

Your email address will not be published. Required fields are marked *