२०१ जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २१ भदाै

देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार देशभर २ सय १ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्।

मन्त्रालयको तथ्यांक अनुसार २७ जना भेन्टिलेटरमा र १७४ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन्।

आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १०९ जना आइसियु र  २१ जना भेन्टिलेटरमा रहेका छन्। त्यस्तै प्रदेश १ मा ९ जना आइसियु र ३ जना भेन्टिलेटरमा  रहेका छन्।

मन्त्रालयको तथ्यांक अनुसार प्रदेश २ मा २८, प्रदेश ५ मा २० आइसियु र ३ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ५ र कर्णाली प्रदेशमा ३ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *