३७५ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १३ मंसिर

 

देशभर हाल ३ सय ७५ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। गत २४ घण्टामा भेटिएको १ हजार ३ सय ८० संक्रमितमध्ये ३ सय ७५ जना आइसियु र भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

३ सय २५ जना आइसियु र ५० जना भेन्टिलेटरमा छन्। आइसियुमा रहने संक्रमितको संख्या सबैभन्दा धेरै गण्डकी प्रदेशमा छ। गण्डकी प्रदेशमा मात्र १ सय जना आइसियु र १० जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

बागमती प्रदेशमा बागमतीमा सबैभन्दा धेरै ८४ जना संक्रमित आइसियुमा र २४ जना भेन्टिलेटरमा छन्। प्रदेश १ मा ३९ जना आइसियु र १० जना भेन्टिलेटरमा, प्रदेश २ मा ५ जना आइसियु र १ जना भेन्टिलेटरमा, लुम्बिनीमा ८० जना आइसियु र ४ जना भेन्टिलेटरमामा छन्।

कर्णालीमा १० जना आइसियुमा छन्। यहाँ कुनै पनि संक्रमित भेन्टिलेटरमा छैनन्। सुदूरपश्चिम प्देशमा ७ जना आइसियु र १ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *