काठमाडौंका ३ सहित थप ९ जना कोरोना संक्रमितको मृत्यु

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २१ भदाै

नेपालमा एकै दिन थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या २ सय ८९ पुगेको छ।

६ वटा जिल्लाका २ महिला र ७ पुरुष गरी ९ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गएको २४ घण्टामा काठमाडौंमा मात्र तीन जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

काठमाडौंमा ७४, ६८ र ८५ वर्षीय गरी तीन जनाको मृत्यु भएको छ। मोरङमा ६५ वर्षीया महिला र ४५ वर्षीय पुरुष, झापामा ४५ वर्षीया महिला, पर्सामा ७७, धनुषामा ३५ र चितवन ७० वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *