काठमाडौं उपत्यकामा ३५४ जना कोरोना संक्रमित थपिए

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २१ भदाै

आइतबार काठमाडौं उपत्यकामा ३५४ संक्रमित थपिएका छन्।

काठमाडौंमा २९०, ललितपुरमा  ३२ र भक्तपुरमा ३२  क्रमित थपिएका हुन्। योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ८ हजार २ सय ५४ पुगेको छ।

त्यसैगरी, काठमाडौंमा ६ हजार ६ सय २४ ललितपुरका ९१९  र भक्तपुरमा ७११ संक्रमित पुगेका छन्।

पछिल्लो २४ घण्टामा देशभर २९० महिला र ६९० पुरुष गरी  ९८० नयाँ संक्रमित थपिएका छन्। कूल संक्रमितको संख्या  ४६ हजार २ सय ५७ पुगेको छ। २४ घण्टा १ हजार ८ सय १४ जना डिस्चार्ज भएसँगै २८ हजार ९ सय ४१ जना संक्रमणमुक्त भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *