पछिल्लो २४ घन्टामा थप १८१४ कोरोना संक्रमित संक्रमणमुक्त

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २१ भदाै

पछिल्लो २४ घण्टामा थप १ हजार ८ सय १४ कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।

देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

यो सँगै नेपालमा  २८ हजार ९ सय ४१ जना संक्रमित  उपचारपछि निको भएका छन्।   सोलुखुम्बु, मुस्ताङ, डोल्पा, मुगु र  हुम्ला गरी ५ जिल्लामा संक्रमित शून्य भएका छन्।

मन्त्रालयका अनुसार १० हजार ३ सय ८२ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै अहिले सम्म ७ लाख ६८ हजार ३ सय ४५ जनाको पिसिआर परीरक्षण भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार ४ हजार ७ सय ३ जना क्वारेन्टाइनमा छन्। संक्रिय संक्रमितको संख्या १७ हजार  २७ रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *