न्यूज अपडेट तेस्रो वर्षमा प्रवेश, सहयोगी सबैमा हार्दिक आभार

विचार विशेष समाचार समाचार सम्पादकीय

न्यूज अपडेट
भक्तपुर, २१ भदौ


क्रियशन डिजिटल सपोर्ट प्रा.लि.द्वारा सञ्चालित तथा प्रकाशित सत्य, निष्पक्ष र सन्तुलित डिजिटल पत्रिका न्यूज अपडेट भक्तपुर डट कम आज तेस्रो वर्षमा प्रवेश भएको छ । सो अवसरमा क्रियशन डिजिटल सपोर्ट प्रा.लि.सहयोगी सम्पूर्णमा हार्दिक आभार तथा कृतज्ञता ज्ञापन गर्दछ ।

विश्वभर कुनै पनि देशमा बसेर  इन्टरनेटको सहज पहुँच पुगेका स्थानहरुबाट यस पत्रिका सजिलै हेर्न सकिन्छ । पत्रकारिताका आधारभूत सिद्धान्त शुद्धता, सन्तुलन, विश्वसनीयता, शिष्टता, नैतिकता र स्वच्छतालाई आत्मसात गरी विश्वभर अन्यायमा परेका, शोषित, पीडित जनताको आवाजलाई बुलन्द गर्न र आवाजविहीनहरुको आवाजलाई यथोचित स्थानसम्म पुर्‍याउने उद्देश्य लिएको यस पत्रिकालाई निरन्तर अगाडि बढाउन सबै तह र तप्काका महानुभावहरुले विगतमा जस्तै नै साथ सहयोग गर्नुहुने विश्वास लिएको छ ।

विगतका वर्षमा लेखिएका छपिएका लेख, रचनालाई परिष्कृत गर्दै अनलाइन जगतमा नेपालको पहिलो उत्कृष्ट गन्तव्य लिएको यस पत्रिकालाई निरन्तर साथ सहयोग गर्नुहुने पाठक, दर्शक, प्रयोगकर्ता, लेख, रचना लेख्नुहुने लेखक, पत्रकार, प्राविधिक रुपमा साथ दिने इन्जिनियर, कम्प्युटर अपरेटर, निरन्तर प्रगतिका लागि सल्लाह, सुझाव दिने वरिष्ठ विद्वतवर्ग, समाचार उपलब्ध गराउने संघ संस्था, विभिन्न निकायहरु र विज्ञापन दिई आर्थिक रुपमा सहयोग गर्नुहुने विज्ञापनदाताहरुलगायतका लाइक कमेन्ट गर्ने प्रयोगकर्ताहरुमा यस परिवार हार्दिक आभार प्रकट गर्दछौं ।

देशको सार्वभौम रक्षाका लागि अथक प्रयास गरिरहने यस पत्रिकाले विदेशी दबाव, विस्तारवादी नीति, साम्राज्यवादी नीतिको घोर भर्त्सना गर्दै समुच्च नेपाली जगतको प्रगतिलाई शिरोपर गरेको छ । हरेक नेपालीको आत्मबल वृद्धि गर्दै स्वदेशी उत्पादनलाई प्रोत्साहन, प्रबर्द्वन गर्दै लग्ने यस पत्रिकाले अठोट लिएको छ । यस पत्रिकाले विभिन्न विचारको मन्थन गर्दै वहुसंख्यक जनपक्षीय भावनाको कदर गरेको छ ।

अबको हाम्रो पाइलाले विश्वभर छरिएर बसेका समस्त पीडित नेपाली, बोल्न नसकेर पीडामा परेका शोषित पीडित जनताको आवाजलाई यथोचित स्थानसम्म पुर्‍याउन र सम्पूर्ण नेपाली जनता र नेपालको रक्षा र हितमा हुने कुनै पनि घटना परिवेशलाई दह्रो रुपमा प्रस्तुत गर्ने यहाँहरु सबैमा विश्वास दिलाउँदछौंं । यस पत्रिकालाई अझै उच्चो राख्न यहाँहरुको साथ, सहयोग, सल्लाह, सुझावको खाँचो छ । आशा एवं विश्वास छ, यस पत्रिकाको निरन्तरताका लागि यहाँहरुको सक्रिय भूमिका रहिरहनेछ । यहाँहरु सबै धन्यवादका पात्र हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *