जिल्लागत रूपमा नेपालभर शनिबार कोरोना संक्रमितकाे स्थिति

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २० भदाै

नेपालमा कोरोना संक्रमितको संख्या ४५  हजार २ सय ७७ पुगेको छ।

गत २४ घण्टामा १ हजार ४१  नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

३ सय ४९ महिला र  ६ सय ९२ संक्रमित भेटिएका हुन्। प्रदेश १ को इलाममा १, उदयपुरमा ३, झापामा ७, ओखलढुङगामा २, मोरङमा ३५ र सुनसरीमा २० जना संक्रमित भेटिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।

प्रदेश २ को धनुषामा ७, पर्सामा १०, बारामा १३, महोत्तरीमा २६, सप्तरीमा २०, सर्लाहीमा १७ र सिरहा ४१ जना कोरोना संक्रमि पुष्टि भएका छन्।

बागमती प्रदेशको काठमाडौंका ३ सय २६, काभ्रेपलाञ्चोक ६ , चितवनका ४५, दोलखाका ६, धादिङका १०, नुवाकोटका १, भक्तपुरका ४५, मकवानपुरका ३५, रामेछापका ५ , ललितपुरका ३७, र सिन्धुलीका २ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले  जनाएको छ।

गण्डकी प्रदेशको कास्कीमा २३, गोरखामा १७, तनहुँमा ३, नवलपरासी पूर्वमा ५, पर्वतमा १, लमजुङमा २२, बाग्लुङमा ६ र स्याङजामा ३ जना कोरोना भेटिएको छ।

यस्तै, प्रदेश ५ को अघाखाँचीमा र कपिलवस्तुमा १÷१, गुल्मीमा ६, दाङमा ३९, नवलपरासीमा १३, पाल्पामा ३, प्युठानमा १, बर्दियामा ७, बाँकेमा ६२,रुपन्देहीमा ७१ र रोल्पामा १ जनामा  कोरोना भेटिएको प्रवक्ता गौतमले बताए।

कोराना पुष्टि हुनेमा कर्णाली प्रदेशको जाजरकोटमा ३, दैलेखमा ३ र सल्यानमा२ सुदूरपश्चिम प्रदेशको कञ्चनपुरका ५, कैलालीका ४, डडेलधुरामा १, डोटीका २ र बझाङका १६ जना छन्।

कुल संक्रमितमध्ये १७ हजार ८ सय ७० जना संक्रिय संक्रमित छन्। कोरोनाको आशंकामा गत २४ घण्टामा १२ हजार ४ सय ७३  जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै

नेपालमा पिसिआर परीक्षण हुनेको संख्या ७ लाख ५७ हजार ९ सय ६३ पुगेको छ। नेपालमा हाल ६ हजार ७ सय १ जना व्यक्ति क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *