प्यालेस्टाइनमाथि इजरायलकाे वर्बर हमला तथा नरसंहारबिरूद्ध साँखुमा युवा विद्यार्थीकाे प्रदर्शन

राजनीति विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता

काठमाडाैं, १९ मंसिर

    

नेपाल मजदुर किसान पार्टीका भ्रातृ संगठन नेपाल क्रान्तिकारी युवा संघ र नेपाल क्रान्तिकारी विद्यार्थी संघकाे अायाेजनामा प्यालेस्टाइनमाथि इजरायलकाे वर्बर हमला तथा नरसंहारबिरूद्ध मंगलबार साँखुमा युवा विद्यार्थीले प्रदर्शन गरेका छन् ।

शंखरापुर नगरका विभिन्न स्थानमा जुलुस गर्दै सभामा परिणत भएकाे उक्त कार्यक्रममा बाेल्दै नेपाल मजदुर किसान पार्टीका सदस्य एवं वागमती प्रदेश सभाका सदस्य सुरेन्द्रराज गाेसाइले प्यालेस्टाइन राेइरहेकाे बेला हामी संस्कृति र पर्व मात्र मनाएर शान्ति नहुने बताउँदै उनले नेमकिपाले अन्तरराष्ट्रिय कम्युनिष्टकाे कर्तव्य निर्वाह गरेकाे बताए । उनले नेपालका अन्य कम्युनिष्ट भनाउँदा पार्टीले याे कर्तव्य निर्वाह नगरी अमेरिका र इजरायलकाे दलाली मात्र गरिरहेकाे स्पष्ट पारे ।

साँखुका स्थानीय वरिष्ठ इन्जिनियर राजदास श्रेष्ठले देशमा सच्चा कम्युनिष्टकाे भूमिका नेमकिपाले मात्र पूरा गरेकाे स्पष्ट पारे । उनले ठूला पार्टीहरूले भ्रष्टाचारलाइ मात्र बढावा दिएकाे र इमान्दारिता एक सिन्काे पनि नभएकाे बताए ।

नेक्रायुसंघका अध्यक्ष मिन बहादुर बाटाले नेमकिपाबाहेक अरूले सत्ताकै भागवण्डामा मात्र सीमित रहेकाे बताए । उनले प्यालेस्टाइनी जनता मरिरहँदा हामी हाँस्न नसक्ने बताउँदै एमसीसी र एसपीपीले नेपालमा पनि त्यस्ताे हुनसक्ने प्रति सचेत पारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *