प्रतिनिधिसभा विकास समितिद्वारा धरहरा, काष्ठमण्डप र रानीपोखरीको अवलोकन

अर्थ/वाणिज्य कला/साहित्य विशेष समाचार समाचार

न्यूज अपडेट

काठमाडौं, २९ असार

संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिका सभापति र सदस्यहरुले पुनर्निर्माण भइरहेका धरहरा, काष्ठमण्डप र रानीपोखरीको अवलोकन गरेको छ ।

समितिका सभापति कल्याणीकुमारी खड्काको नेतृत्वको संसदीय प्रतिनिधिमण्डलले आज ती क्षेत्रमा भइरहेको पुनर्निर्माण कार्यको जानकारी लिएको हो ।

अवलोकनपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण सभाहलमा समिति सदस्यहरुले प्रबलीकरण भइरहेको मुख्य प्रशासनिक भवन सिंहदरबारको पछिल्लो अवस्थाबारे जानकारी लिए ।

समितिका सभापति खड्काले विभिन्न समस्याको बाबजुद सन्तोषजनक ढंगले पुनर्निर्माण जारी रहेकोमा खुशी व्यक्त गरिन् । उनले पुनर्निर्माणमा रहेका समस्या समाधानका लागि समितिले सहयोग गर्ने बताइन्।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले स्वास्थ्य सुरक्षाका सबै मापदण्डहरु अवलम्बन गर्दै धरहरा, रानीपोखरी, सिंहदरबार लगायतमा पुनर्निर्माणका कार्यहरु अघि बढाएको बताए ।

उनले संसदका समितिबाट प्राप्त सुझाव तथा निर्देशनहरुले पुनर्निर्माणका कार्यहरु गर्न थप सहयोग पुगेको धारणा व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *