वि.सं.२०७७ भदाै १९ गते शुक्रबारको राशिफल

कला/साहित्य समाचार

न्यूज अपडेट

भक्तपुर, १९ भदाै

वि.सं.२०७७ साल भाद्र १९ गते । शुक्रबार । ईश्वी सन् २०२० सेप्टेम्बर ०४ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । आश्विन कृष्णपक्ष । तिथि–द्वितीया,१६ घडी ५१ पला,मध्यान्ह १२ बजेर २९ मिनेट उप्रान्त तृतीया । नक्षत्र–उत्तरभाद्रपदा,४२ घडी ४६ पला,बेलुकी १० बजेर ५१ मिनेट उप्रान्त रेवती । योग– शूल,२२ घडी ०१ पला,दिउसो ०२ बजेर ३३ मिनेट उप्रान्त गंड । करण– गर,मध्यान्ह १२ बजेर २९ मिनेट उप्रान्त वणिज,रातको ०१ बजेर २४ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–ध्वज योग । चन्द्रराशि–मीन । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ४४ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर १९ मिनेट । दिनमान ३१ घडी २७ पला । पञ्चक। तृतीया श्राद्ध।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

कामहरु समयमा सम्पन्न नहुने तथा गल्ती गर्नाले दण्ड तथा जरीवाना तिर्नु पर्ने हुन सक्छ ध्यान दिनुहोला । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । स्वास्थ्यमा समस्या आउने तथा भौतिक साधन स्रोतको प्रयोग गर्दा ख्याल गर्नुहोला औषधि उपचार खर्च बढेर जानेछ । लामो दुरीको बिदेश यात्राको गतिलो योग रहेकोछ भने बिदेशमा बसेर पेशा व्यवसाय गर्नेहरुका लागि समय उत्तम रहेकोछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

पढाइ लेखाइमा भनेजस्तो नतिजा हात लाग्नेछ भने नयाँ ज्ञान सिक्ने अवसर प्राप्त हुनेछ । माया प्रेमको डोरो कसिलो भएर जाने तथा दाम्पत्य सुखले मन प्रफुलित हुनेछ । सानो लगानीबाट भनेजस्तो प्रतिफल प्राप्त हुँदा आर्थिक अवस्था सुदृढ हुनेछ । पुराना कामहरु फत्ते हुने तथा नयाँ काम आउने हुदा दैनिक व्यस्त जस्तै रहनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

नीतिनिर्माण तहमा तपाईको सम्मानजनक उपस्थिति रहनेछ भने आज गरिने निर्णयहरु सबैलाई मान्य हुनेछ । पढाइ लेखाइमा प्रतिस्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । थप लगानी गरी व्यापार बिस्तार गर्न सकिनेछ । पति पत्नि बीचको सम्बन्ध सुदृड हुनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ । गीत संगीतमा विषेश रुचि बढ्नेछ भने पारिवारीक जमघटमा सहभागी भई मिठो मसिनो भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

प्रयत्न गर्दा विभिन्न अवसरहरु प्राप्त हुनेछन् भने व्यापार व्यवसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । बिवादित बिषयहरु ह्रास भएर जाने तथा पुराना समस्याअरु केही भए थोरै समय दिएर फत्ते गर्न सकिनेछ । नयाँ काम पाउने तथा नोकरीमा बढोत्तरी हुने योग रहेकोछ । सामाजिक काम गर्ने वातावरण बन्ने तथा मानसम्मान,ईज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

भौतिक सम्पति तथा सवारी साधनको कारोबार गर्दा वा प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । अन्य क्षेत्र मध्यम रहेपनि बैंक तथा बित्तीय क्षेत्रमा गरिएको लगानी सुरक्षित हुनेछ । अध्ययन अध्यापनमा मन जाने हुनाले चाहेको उपलब्धि हासिल गर्न सकिनेछ । आटेको काम तत्काल नहुने योग रहेको भएपनि पछिको लागि जग बसाउने मौका मिल्नेछ । आफन्त तथा घरका मानिससँग सामान्य कुारामा राय बाझिने वा बिवाद हुने योग रहेकोछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । बिभिन्न भौतिक तथा बिलाशि बस्तुको प्रयोग मार्फत अरुको मन लोभ्याउन सकिनेछ । पढाई लेखाईमा मेहनत गरे भन्दा राम्रो नतिजा हात लाग्ने हुँदा मन प्रशन्न हुनेछ । समयमा काम बन्ने हुनाले अन्य क्षेत्रमा लगानी गर्ने वातावरण बन्नेछ । व्यापार व्यावसायबाट मनग्गे आम्दानी हुनेछ भने व्यापारकै शिलशिलामा रमाईलो यात्रा हुनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

पुराना बिवादित बिषयहरुको फैसला तपाईकै पक्षमा हुने हुदा मन प्रशन्न हुनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउनेछन् भने तपाईप्रति सत्रुता राख्नेहरु आफै किनारा लाग्नेछन् । शिक्षा तथा नोकरिमा हुने प्रतिस्पर्धामा प्रतिस्पर्धिहरुलाई धेरै पछाडि छोड्न सकिनेछ । नयाँ प्रकृतिको व्यवसाय शुरु गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । आफन्त तथा मावली पक्षको सहयोग पाइने हुँदा दैनिकी सहज रुपमा अगाडि बढ्नेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

साथीभाइ तथा आफ्नो विशेष मान्छेसँग दिनभर मिठा मिठा कुरा गरेर समय ब्यतित हुने हुँदा मन खुसि रहनेछ । सवारी साधन,भौतिक सम्पति तथा आकस्मिक धनसम्पति लाभ हुनेछ । चिठ्ठा पर्ने तथा बिशेष मानिसबाट उपहार पाइने अधिक सम्भावना रहेकोछ । पढाइ लेखाइमा मन जाने हुनाले भनेजस्तो नतिजा हात पार्न सकिनेछ । बौद्धिक क्षेत्र फराकिलो हुनेछ भने बौद्धिकताको प्रयोग मार्फन आम्दानी बढाउन सकिनछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

तत्कालको लागि समय मध्ययम भएपनि पछिको लागि शक्ति सञ्चय गर्न सकिनेछ । व्यापार व्यवसायमा भनेजस्तो आम्दानी नभएपनि घर जग्गा तथा सवारी साधनको कारोबार भने फस्टाएर जानेछ । अध्ययन तथा अनुसन्धानको क्षेत्रमा समय खर्चिय पनि नतिजा आफ्नो पक्षमा नआउन सक्छ ध्यान दिनुहोला । आफन्त,अग्रज तथा आमासँग टाडिएर लामो दुरीको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

छोटो तथा महत्वपूर्ण यात्राको तय हुनेछ भने पराक्रम बढेर जाने हुनाले शाहसिलो काम गर्ने जोस जागर बडेर आउनेछ । कुसस्कार तथा अन्धबिश्वास बिरुद्ध कलम चलाएर तपाईबाट समाजमा जनचेतना फैलाउने काम हुनेछ । लामो समयदेखि अल्झेर बसेका बिवादित बिषयहरु हल हुनेछन् भने अदालत तथा न्यायलयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

अनुसन्धानको क्षेत्रमा तपाईको बलियो पकड रहनेछ । बोलीको प्रभाव बढ्ने हुँदा बोलीकै भरमा कामहरु सम्पादन हुनेछन् । कार्यक्षेत्रमा तपाईको कामको उच्च सम्मान हुनेछ । धनसम्पति तथा आय आर्जनमा वृद्धि भएर जानेछ । आफन्त, साथीभाइ तथा कुटुम्बसँगको सम्बन्धमा नयाँ अध्यायको शुरुवात हुनेछ । पारिवारिक माहोलमा जमघट भई मिष्टान्न भोजन गर्ने अवसर प्राप्त हुनेछ । सांगितिक क्षेत्रमा समय दिनेहरुका लागि आजको दिन उत्तम रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

पुराना साथी भेटिने तथा प्रेम प्रसङगमा दिन खोलेर रमाउन सकिनेछ । प्राविधिक शिक्षामा खोज तथा अनुसन्धानमा समय खर्चिनेहरुले उत्कृष्ट नतिजा हात लगाउनु हुनेछ । तपाईको ब्यक्तित्वमा निखारता आउने तथा सुन्दर पहिरनमा ठाटिएर अरुको मन लोभ्याउन सकिनेछ । पढाइ लेखाइमा प्रतिस्पर्धिहरुलाई हराउदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । सुन्दर तथा बिलाशि बस्तुहरुको प्रयोग मार्फत अरुको मन आफूतिर लोभ्याउन सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *