भक्तपुर साकोसका कर्मचारीहरुबीच मजदुर र श्रमिक पत्रिकाबारे अन्तरक्रिया

राजनीति विचार विशेष समाचार समाचार

न्यूज अपडेट

भक्तपुर, २० माघ

नेपाल मजदुर किसान पार्टीको ४७ औं पार्टी स्थापना दिवसको अवसरमा भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि. कर्मचारी समाजको आयोजनामा श्रमिक र मजदुर पत्रिकाको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ।

कार्यक्रमका प्रमुख अतिथि नेमकिपाका केन्द्रीय सदस्य एवम् भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले नेमकिपाले श्रमिक र मजदुरमा प्रकाशित लेखमार्फत कामदार वर्गको पक्षमा र भारतीय विस्तारवाद तथा भारतीय एकाधिकार पुँजीको विरोधमा निरन्तर आवाज उठाइरहेको बताए। श्रमिक र मजदुर नेमकिपाको विचार प्रचार गर्ने सशक्त माध्यम भएको हुँदा पत्रिका निरन्तर प्रकाशनको निम्ति सबैले सहयोग गर्नुपर्नेमा उनले जोड दिए ।

उनले पुँजीपति वर्गको पक्षमा काम गर्ने पत्रिका तथा सञ्चारमाध्यमहरुले नाफा कमाउने, मजदुर आन्दोलनलाई दबाउन र शासक वर्गको सुरक्षाको निम्ति काम गर्ने बताए ।
नेकपाले लिएको गलत सिद्धान्त र विचारका कारण देशको राजनीति गलत दिशातर्फ उन्मुख भएको बताउँदै नगर प्रमुख प्रजापतिले छिमेकी देश भारतले नेपाललाई स्वतन्त्र र स्वाधिन देशको रुपमा नस्वीकार्नुले पनि नेपालमा भारतको प्रभाव बढिरहेको प्रष्ट पारे ।

कार्यक्रममा भक्तपुर साकोसका कानुनी सल्लाहकार रामप्रसाद प्रजापतिले बहुमत प्राप्त सरकारसँग आफ्नो सरकारको काम कारबाही अगाडि बढाउन संसद विघटन गर्ने विशेष अधिकार हुने बताउँदै प्रधानमन्त्रीको संसद विघटन स्वाभाविक प्रक्रिया भएकाे बताए ।
संस्थाका अध्यक्ष बलराम प्रजापतिले नेपालको कम्युनिष्ट आन्दोलनमा नेमकिपाले खेलेको भूमिकाबारे प्रष्ट पार्दै नेकपासँग नेमकिपाको सैद्धान्तिक मतभेद रहेको र शासक दलको राजनैतिक अस्पष्टता र व्यक्तिकेन्द्रित मानसिकताका कारण देश अराजकतातर्फ धकेलिँदै गएको बताए ।
भक्तपुर साकोस कर्मचारी समाजका अध्यक्ष जगन्नाथ प्रजापतिले कर्मचारीहरु राजनैतिक रुपले सचेत र संगठित हुनुपर्नेमा जोड दिँदै यस किसिमका अन्तरक्रियाले कर्मचारीहरुबीच पठन संस्कृतिको विकास हुने बताए ।
कार्यक्रममा भक्तपुर साकोस कर्मचारी समाजका उपाध्यक्ष सत्यनारायण साँयजु, कर्मचारीहरु अन्जना छुस्याबाग, निभा कोजु, दिनेश धौबन्जार र दयालक्ष्मी धन्छाले पनि श्रमिक र मजदुरमा प्रकाशित विभिन्न लेखहरुबारे आआफ्नो धारणा राखे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *