बिपी प्रतिष्ठानमा २ र चितवन मेडिकल कलेजमा थप १ कोरोना संक्रमितको मृत्यु

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १८ भदाै

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र चितवनस्थित चितवन मेडिकल कलेजमा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

धरानमा २ जना र चितवनमा १ जना संक्रमितको मृत्यु भएको हो।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाका अनुसार सप्तरी राजविराजका ५० र ५५ वर्षीय २ पुरुषको मृत्यु भएको हो।

राजविराज-७ का ५५ वर्षीय पुरुषमलाई छिन्नमस्ता अस्पतालले धरानमा रेफर गरेको थियो। उनलाई भदौ ७ गते कोरोना पोजिटिभ देखिएको थियो।

स्वास्थ्यमा समस्या बढ्दै गएपछि उनलाई आइसियुमा राखेर उपचार भइरहेको थियो। तर उनको बिहीबार दिउसो १:१५ मा मृत्यु भएको हो। उनमा मधुमेह र उच्च रक्तचापको समस्या पनि थियो।

यस्तै राजविराज-७ कै ५० वर्षीय पुरुषको पनि दिउसो २:२ बजे मृत्यु भएको डा सापकोटाले जानकारी दिए। उनलाई आझ बिहीबार नै कोरोना पोजिटिभको रिपोर्ट आएको थियो। ज्वरो, स्वास फेर्न कठिन र शरीर शिथिल भएको ४ दिनपछि मात्र उनलाई आज उपचारका लागि अस्पताल लगिएको थियो।

प्रतिष्ठानमा उनलाई १:२० मा भर्ना गरिएको थियो। गम्भिर अवस्थामा ल्याइएका ती पुरुषको उपचारका क्रममा मृत्यु भएको हो।

यसैगरी, चितवन मेडिकल कलेजमा नवलपरासीका ३७ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको छ। गैडाकोट-२ निवासी ती पुरुषको उपचारका क्रममा दिउसो २:२० मा मृत्यु भएको हो। उनलाई १० गते कोरोना पोजिटिभ देखिएको थियो। अल्कोहलिक हेपाटाइटिस र एक्युट किड्नी डिजिजको समस्याको उपचारका लागि उनलाई अस्पताल भर्ना गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *