यी हुन् २ सयभन्दा बढी सक्रिय संक्रमित रहेका १९ जिल्ला, कुन जिल्लामा कति संक्रमित?

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १८ भदाै

बिहीबार १ हजार २ सय २८ जना नयाँ कोरोना संक्रमित थपिए। यो संख्या जोड्दा नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या ४२ हजार ८ सय ७७ पुगेको छ।

कुल संक्रमितमध्ये २४ हजार २ सय ७ जना संक्रिमत उपचारपछि निको भएर घर फर्किसकेका छन् भने १८ हजार ४ सय १३ सक्रिय संक्रमित उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

देशभरका सक्रिय संक्रमितमध्ये १० हजार ६ सय ७१ जना संस्थागत आइसोलेसनमा बसेका छन् भने ७ हजार ७ सय ४२ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार १९ वटा जिल्लामा २ सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन्।

सबै बढी २ सयभन्दा बढी सक्रिय संक्रमित काठमाडौं जिल्लामा रहेका छन्। काठमाडौंमा ५ हजार ६ जना रहेको मन्त्रालयले जनाएको छ। त्यसपछि पर्सामा १ हजार ११ सक्रिय संक्रमित छन्।

२०० भन्दा बढी संक्रिय संक्रमित, कुन जिल्लामा कति? 
मोरङ– ८२१
सुनसरी– ५३०
सिराह– २१४
धनुषा– ५९५
महोत्तरी– ८१६
सर्लाही– ९३१
रौतहट– ८३६
बारा– ६१५
पर्सा– १०११
मकवानपुर– ३९२
ललितपुर– ६८५
काभ्रे– २१८
भक्तपुरमा– ४३६
काठमाडौंमा– ५००६
चितवनमा– ६६०
रुपन्देहीमा– ५५६
कपिलवस्तु– २०१
बाँके– ३२४
कैलाली– ३१७

Leave a Reply

Your email address will not be published. Required fields are marked *