१८ जना भेन्टिलेटरमा र १४४ जना कोरोना संक्रमित आइसियुमा

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १७ भदाै

कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार देशभर १ सय ६२ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्।
मन्त्रालयको तथ्यांक अनुसार १८ जना भेन्टिलेटरमा र १४४ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन्।

सबैभन्दा बढी बागमती प्रदेशमा ८१ जना आइसियुमा र  १४ जना भेन्टिलेटरमा छन्। त्यस्तै प्रदेश १ मा ७ जना आइसियु र १ जना भेन्टिलेटरमा छन्।

मन्त्रालयको तथ्यांक अनुसार प्रदेश २ मा ३०, प्रदेश ५ मा २० आइसियु र ३ जना भेन्टिलेटरमा र  गण्डकी प्रदेशमा ६ संक्रमित आइसियुमा उपचाररत छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *