७ हजार ६ सय १५ संक्रमित होम आइसोलेसनमा, सबैभन्दा धरै प्रदेश २ मा

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १७ भदाै

देशभर संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ।

बुधबार ७ हजार ६ सय १५ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सबैभन्दा धेरै प्रदेश २ मा ४ हजार १ सय ३ जना होम आइसोलेसनमा छन्।

त्यस्तै बाग्मती प्रदेशमा मा २ हजार १ सय ५६, प्रदेश १ मा ६ सय ७६, प्रदेश ५मा ४०७, सुदूरपश्चिम प्रदेशमा १३८, गण्डकी प्रदेशमा ३८ र कर्णाली प्रदेशमा ७७ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *