न्यूज अपडेट
भक्तपुर, १७ भदाै

वि.सं.२०७७ साल भाद्र १७ गते । बुधबार । ईश्वी सन् २०२० सेप्टेम्बर ०२ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र शुक्लपक्ष । तिथि–पूर्णिमा,०९ घडी ४६ पला,बिहान ०९ बजेर ३८ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र–शतभिषा,३२ घडी ०१ पला,बेलुकी ०६ बजेर ३२ मिनेट उप्रान्त पूर्वाभाद्रपदा । योग–सुकर्मा,२१ घडी १३ पला,दिउसो ०२ बजेर १२ मिनेट उप्रान्त धृति । करण– बव,बिहान ०९ बजेर ३८ मिनेट उप्रान्त बालव,बेलुकी १० बजेर ११ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–मानस योग । चन्द्रराशि–कुम्भ । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ४३ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर २१ मिनेट । दिनमान ३१ घडी ३५ पला । पञ्चक। यँया पुन्ही। वंगया–मंगया। काठमाडौं दहचोकस्थित इन्द्रदह–स्नान। भक्तपुरको सिद्धपोखरीमा मेला। सोह्रश्राद्ध सुरु। प्रतिपदा श्राद्ध। कृष्ण प्रणामी– प्राणनाथ–छत्रशाल मिलाप–दिवस। चेपाङहरूको चोनाम पर्व।\
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
व्यापार व्यवसायबाट मनग्गे आम्दानी हुनेछ भने सानो प्रयत्नले ठुलो काम बन्ने तथा थोरै लगानी गर्दापनि प्रशस्त आम्दानी हुने समय रहेकोछ । सहयोगहिरु जुट्नाले रोकिएको काम सहजै सम्पादन हुनेछन् । दाजुभाइ तथा अग्रजहरुको हरेक क्षेत्रमा साथ रहने हुनाले मन प्रशन्न रहनेछ । बिषेश समारोहमा सहभागी भई स्वादिष्ट भोजनका साथ रमाउन सकिनेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
काम गर्ने सवालमा सहकर्मिहरुबाट नै असहयोग हुने हुँदा काम बिग्रने तथा मान सम्मानमा दाग दाग्न सक्छ ध्यान दिनुहोला । घर परिवारभित्रकै मानिसहरुले तपाईको नराम्रो कुराहरुको प्रचारबाजी गर्दै हिड्नेछन् । अध्ययन अध्यापनमा प्रशस्त समय खर्चिय नतिजा आफैतर ल्याउन सकिनेछ । व्यापार व्यवसायमा लगानी गरी नाफा कमाउन केही समय पर्खनु पर्नेछ भने गरिरहेको कामलाई निरन्तरता दिन सकिनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
सिर्जनात्मक तथा लेखन शैलीमा विकास हुनेछ भने अध्ययन अध्यापनमा बिजयको योग रहेकोछ । आफ्ना गुरु तथा अग्रजहरुको आशिर्बाद पाइने हुँदा मनमा एक किसिमको उमङग पैदा हुनेछ । धार्मिक तथा शैक्षिक यात्रा हुनेछ भने धर्म कर्ममा ध्यान जानेछ । साथभाइको सहयोगले राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ । आफ्नो संस्कार तथा सस्कृतिको जगेर्ना गर्ने काममा समय दिनु पर्नेछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको तय हुनेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
काम गर्ने बिभिन्न अवसर आएपनि समयको ख्याल नगर्दा अरुभन्दा पछि परिनेछ । व्यापारमा मन्दी आउने तथा लगानी फस्ने सम्भावना रहेकोछ । पढाइ लेखाइमा मन जाने छैन भने प्रतिस्पर्धामा प्रतिस्पर्धिहरु हावी हुनेछन् । स्वास्थ्य सम्बन्धी समस्या आउनेछ भने पुरना ऋण रोगले सताउनेछ । माया प्रेममा धोका हुने तथा घर परिवार तथा दिदीबहिनी सँग मनमुटाबको सिर्जना हुनेछ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
मनपरेको भौतिक वस्तु तथा बिलाशि बस्तुहरुको प्रयोग गर्न पाइने हुँदा मन प्रफुल्लित हुनेछ । व्यापारको शिलशिलामा लामो दुरियो उपलब्धिमुलक यात्राको तय गर्न सकिनेछ भने व्यापार बिस्तार गरी मनग्गे आम्दानी गर्न सकिनेछ । जीवनसाथी तथा आफ्नो बिशेष मानिसको सहयोगले आम्दानीको दायरा बढाउन सकिनेछ । अध्ययन तथा अध्यापनमा तपाईले गरेको लगानीबाट सार्थक नतिजा आउनाले मन प्रशन्न हुनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
गोप्य कुराहरु बाहिर आउन सक्छन् ध्यान दिएर काम गर्नुहोला । ऋण,रोग तथा संकटको सामना गर्नुपर्नेछ भने तपाईको काममा अप्ठ्यारा परिस्थितिहरु सिर्जना हुनेछन् । धन सम्पति तथा अचल सम्पति हराउन तथा लुटिन सक्छ सजक रहनुहोला । नयाँ काम शुरु गर्नु भन्दा गरिरहेको कामलाई निरन्तरता दिन सकिनेछ । आर्थिक अभावले कामहरु समयमा सम्पादन नहुँदा मानशिक तनाब बढ्नेछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
परिवार आफन्त तथा साथिभाइहरुको सहयोग हुने हुनाले समस्याका पर्खालहरु आफै ढल्नेछन् । बंश बृद्धिको योग रहेको छ भने सन्तानको प्रगति देखेर मन प्रफुल्लित हुनेछ । परिवार तथा सन्तानबाट तपाईले गरेको काममा सहयोग हुनेछ । बैक तथा बित्तीय क्षेत्रसँग सम्बन्धित व्यापार व्यावसायमा लगानी बढाउँदा राम्रो प्रतिफल प्राप्त हुनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
खोज तथा अनुसन्धानको क्षेत्रमा प्रशस्त समय खर्चिय पनि भनेजस्तो नतिजा हात नलाग्न सक्छ । घर परिवार,आफन्त तथा आमासँग घरायसी कुरामा बिवाद सिर्जना हुन सक्छ ध्यान दिनुहोला । माया प्रेम तथा पति पत्निबीच सामान्य मनमुटाव बढ्ने योग रहेकोछ ध्यान दिनुहोला । कृषि तथा पशुपालन व्यवसायमा समय लगानी गर्नेहरुले मनग्गे आम्दानी गर्न सक्नेछन् ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
दाजुभाइ तथा छिमेकीसँग कुनैपनि कारोबार गर्दा ध्यान दिनुहोला बिवाद बढ्ने योग रहेकोछ । व्यापार व्यावसायमा लगानी गर्नको लागि केही समय पर्खनुनै उचित हुनेछ । अन्धबिश्वासले मनमा गतिलो डेरा जमाउने हुँदा मनोबल कमजोर रहनेछ । लेखन तथा साहित्यमा शुरु गरिएका कामहरु थाति रहनेछन् । प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम नहुन सक्छ । यात्रा हुने भएपनि यात्राका क्रममा दुख हुन सक्छ ध्यान दिनुहोला ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
पढाई लेखाईमा भनेजस्तो सफलता हात लाग्ने हुदा अरुलाई किनारा लगाउदै नतिजा आफैतिर ल्याउन सकिनेछ । बोलिको प्रभाव बढ्ने हुँदा बोलेरै धेरै कामहरु फत्ते गर्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथीको सहयोग पाइने हुँदा मन प्रशन्न रहनेछ । समाजसेवा तथा गीत संगीत जस्ता क्षेत्रमा समय लगानी गर्नेहरुले भनजस्तो उपलब्धि हासिल गर्न सक्नेछन् ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
राम्रा पहिरनले अरुको मन आफुतिर लोभ्याउन सकिनेछ । नया प्रबिधिको प्रयोग मार्फत आफुलाई अब्बल साबित गर्न सकिनेछ । नयाँ कामको प्रस्ताब आउनेछ भने नया प्रकृतिको काम थालनी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । परिवारका साथ मिष्टान्न भोजनका साथ समय व्यातित गर्न सकिनेछ । धर्म तथा यस्तै कार्यक्रममा सहभागी हुने अवसर जुर्नेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
माया प्रेममा एक अर्कालाई शंका तथा अबिश्वास गर्दा समस्या आउन सक्छ ध्यान दिनुहोला । कानुन तथा निति नियमको उल्लङघन गर्दा जरीवाना तिर्नु पर्ने हुनसक्छ । आफन्त तथा अग्रजहरुसँग राय बाजिने तथा बिछोड सम्मको अवस्या आउन सक्छ । बिदेशी लगानीबाट सञ्चालित सस्थाहरुमा काम पाउने तथा बिदेश यात्राको गतिलो सम्भावना रहेकोछ ।