जिल्ला प्रशासनको सेवा असोज ४ देखि बारअनुसार

विशेष समाचार समाचार

न्यूज अपडेट
भक्तपुर, १ असोज


जिल्ला प्रशासन कार्यालय भक्तपुरले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ को कारण मिति २०७७ साउन २५ देखि बन्द रहेको कार्यालय यही असोज ४ गते आइतबारदेखि लागू हुने गरी स्वास्थ्य सम्बन्धी सबै मापदण्ड पूरा गर्ने शर्तमा बार अनुसार सेवा सुचारु गर्ने प्रशासनले जानकारी दिएको छ ।


प्रशासनका अनुसार २० जनाभन्दा बढी सेवाग्राही नबढ्ने गरी उक्त सूचना निकालिएको हो । कार्यतालिका अनुसार आइतबार भक्तपुर नगरपालिकाभित्रका नागरिकता, प्रतिलिपि, राहदानी, नाबालक, संस्था दर्ता, नवीकरण आदि सेवा प्रदान गरिनेछ । त्यस्तै सोमबार चाँगुनारायण न.पा.क्षेत्रभित्रका उल्लेखित सेवा प्रदान गरिने बताइएको छ ।
मंगलबार र शुक्रबार भने आन्तरिक प्रशासनिक कार्य, विकास निर्माण सहजीकरण तथा बजार अनुगमनका कार्य मात्रै हुनेछ ।
त्यस्तै बुधबार सूर्यविनायक नगरपालिकाका उल्लेखित सेवा प्रवाह गर्नेछ भने बिहीबार मध्यपुर नगरपालिका क्षेत्रभित्रका उल्लेखित सेवा प्रवाह गर्ने प्रशासनले जानकारी दिएको छ । तर शान्ति सुरक्षाको निवेदन र कानुन बमोजिम हुने मुद्दा सम्बन्धी तथा अन्य आकस्मिक कार्यहरु सबै दिनमा सेवा प्रदान गरिने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *