वागीश्वरीमा कक्षा १२ सञ्चालनार्थ शिक्षकहरूकाे अनलाइन बैठक सम्पन्न

विशेष समाचार शिक्षा समाचार स्वास्थ्य

न्यूज अपडेट
भक्तपुर, १६ भदौ


भक्तपुर च्याम्हासिंहस्थित वागीश्वरी माध्यमिक विद्यालयमा कक्षा १२ सञ्चालनार्थ शिक्षकहरुको साेमबार अनलाइन जुमबाट बैठक भएको छ । वैठकमा कक्षा ११ को भर्ना र प्रवेश परीक्षाबारे पनि जानकारी दिएको थियो ।

कार्यक्रममा कक्षा ११ र १२ का संयोजक ज्ञानसागर प्रजापतिले अबको अनलाइन कक्षा पहिलाको जस्तो मात्र कक्षा लिएर जाने नभइ विद्यार्थीसँगै अभिभावकले समेत अवलोकन गर्ने भएकाले चुनौतीपूर्ण रहेको बताए । उनले प्रभावकारी सिकाइविधिको प्रयोग गरी विद्यार्थीको मनोभवना जित्न पूर्व तयारीलाई व्यापक बनाउनुपर्ने बताए ।

त्यस्तै वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले नियमित नआउने र अनावश्यक प्रतिक्रिया दिने विद्यार्थीहरुलाई विद्यालय प्रशासनले कारवाही गर्नुपर्ने बताए । व्यवस्थापनका इन्चार्ज गेहेन्द्र प्रसाद दाहालले अहिलेको कक्षा नयाँ कोर्ष अनुसार जाने भएकाले प्रभावकारी भइ जानुपर्नेमा जोड दिए । उनले सिकाइ विधि प्रभावकारी हुने भएपछि यसमा ९५ देखि सतप्रतिशत विद्यार्थीको सहभागिता रहने अपेक्षा गरे ।
कार्यक्रममा विज्ञान संयोजक निरु ताल्चाभडेलले विद्यार्थीको पहुँच बढाउन विद्यालयमै सहायता कक्षको आवश्यकता रहेको बताइन् । परीक्षा इन्चार्ज पियूषराज गोसाईले प्रवेश परीक्षा राम्रोसँग गर्न आइटी विज्ञको साथ लिइ अगाडि बढ्नुपर्ने जानकारी दिए । त्यसको लागि आइटी विज्ञको टोली नै गठन गर्नुपर्ने बताए ।

विद्यालयका सहायक प्रधानाध्यापक कृष्ण प्रसाद कर्माचार्यले कक्षा ११ को नयाँ भर्ना प्रक्रिया, शुल्क निर्धारण, नयाँ पाठ्यक्रम र सिकाइ प्रक्रियाबारे स्पष्ट पारे । सभापतिको आसनबाट विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद धन्छाले कक्षा १२ को अनलाइन कक्षा यही भदौ १८ गतेदेखि प्रभावकारी रुपमा कक्षा सञ्चालन गर्ने जानकारी गराउँदै आवश्यकताअनुसार प्रशासन र शिक्षकहरुलाई अनलाइन कक्षा सञ्चालनबारे तालिम दिने बताए । कार्यक्रममा नविन प्रजापति, विकल प्रजापति, नविन पौड्याल, विनोद प्रजापति, भानुभक्त हुमागाई, रमेश प्रजापति, विश्वेश्वर मानन्धरलगायतले कक्षा ११ र १२ को कक्षा सञ्चालनसम्बन्धमा आफ्नो धारणा राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *