चीनबाट ३ उडानमा १३ सय ७५ थान अक्सिजन सिलिन्डर नेपाल आइपुग्यो

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट
काठमाडाैं, ३ जेठ

चीन सरकारले अनुदानमा उपलब्ध गराएको एक हजार ३७५ थान अक्सिजन सिलिण्डर नेपालमा आइपुगेको छ।

नेपाल एयरलाइन्सको वाइडबडी जहाजले तीन पटकमा ती सिलिण्डरसहित अन्य स्वास्थ्य सामग्री ल्याएको हो। वाइडबडी जहाजले अक्सिजन सिलिन्डरसँगै ३७० थान कन्सन्ट्रेटर र १० थान भेन्टिलेटरसमेत चीनबाट ल्याएको छ।

वैशाख २८ मा पहिलो र जेठ २ मा दोस्रो उडानमार्फत् ८०० सय थान अक्सिजन सिलिण्डर ल्याइएको थियो। आज तेस्रो उडानमा थप ५७५ थान अक्सिजन सिलिन्डर आइपुगेको छ।

अब थप जेठ ४ र ५ मा पनि थप सिलिन्डर ल्याउन वाडबडी विमान बेइजिङ जाने नेपाल वायु सेवा निगमले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *