Friday, May 17, 2024

बासँघारीमा सवारी दुर्घटनामा एकको निधन

विशेष समाचार समाचार

न्यूज अपडेट

भक्तपुर, ११ भदाै

बिहीबार दिउँसो २ः५५ बजे भक्तपुरको सुर्यबिनायक नपा वडा नं ९ अरनिको राजमार्ग बाँसघारीमा तेल बोकेको ट्याङकर र पानीको जार बोकेको गाडी आपसमा ठोकी दुर्घटना हुँदा एक व्यक्तिको निधन भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । जगातीबाट साँगातिर जाँदै गरेको बा ३ ख ५३२२ नम्बरको तेल बोकेको ट्याङ्कर र जगातीतिर आउँदै गरेको बा २१ च ८८०५ नम्बरको पानीको जार बोकेको गाडी आपसमा ठोकिंदा पानी बोकेको गाडीका चालक मिलन मगर गम्भीर घाइते भएको र उनलाई उपचारको लागि डा.इवामुरा अस्पताल पुर्‍याई उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ ।

मृतक मगर झापा जिल्ला अर्जुनधारा नपा निवासी २६ वर्षको भएको बताइएको छ । सोही गाडीमा सवार सहचालक मोरङ जिल्ला अमरदह गाउँपालिका वडा नं घर भई हाल काठमाडौं जोरपाटी बस्ने विवेक राजवंशी गम्भीर घाइते छन् । गाडीमा सवार काभ्रे साँगा निवासी २२ वर्षकी सिर्जना तामाङ र उनका छोरा १९ महिनाको मेडिज तामाङको अवस्था सामान्य छ । दुर्घटनापछि दुवै सवारी साधन महानगरीय प्रहरी वृत्त जगातीमा ल्याइएको छ । तेल बोकेको ट्याङ्करको चालक भने फरार रहेको प्रहरी नायब उपरिक्षक दिपक गिरीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *