स्वास्थ्य मन्त्रालयको कोभिड-१९फोकल पसर्नको जिम्मेवारी प्रमुख विशेषज्ञ महेन्द्र प्रसाद श्रेष्ठलाई

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, ११ भदाै

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले स्वास्थ्य मन्त्रालयको कोभिड-१९ को फोकल पर्सनको जिम्मेवारी प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठलाई दिएका छन्।

महानिर्देशकको जिम्मेवारीबाट उनलाई  सिसिएमसीको जिम्मेवारीमा लगिएको अढाई महिनापछि उनलाई कोभिड-१९ सँगै मन्त्रालयको नीति योजना र गुणस्तर महाशाखाको जिम्मेवारी दिइएको हो। सिसिएमसीको जिम्मेवारी पनि यथावत् राखिएको छ।

स्वास्थ्यमन्त्री ढकालले बिहीबार मन्त्रीस्तरीय निणर्य सो जिम्मेवारी दिएको प्रमुख विशेषज्ञ श्रेष्ठले जानकारी दिए।

यसअघि, कोभिड-१९ को फोकल पर्सनको जिम्मेवारी स्वास्थ्य सचिवलाई दिइएको थियो। सचिवले प्रमुख विशेषज्ञ डा रोशन पोखरेललाई सो जिम्मेवारी दिएका थिए।

अर्का प्रमुख विशेषज्ञ डा रोशन पोखरेललाई स्वास्थ्य समन्वय र जनशसंख्या महाशाखाको जिम्मेवारी दिइएको छ। उनले हाल श्रेष्ठलाई दिइएको जिम्मेवारी पनि सम्हाल्दै आएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *