पहिलो पटक सिन्धुली जिल्लामै होमस्टे संचालन

अर्थ/वाणिज्य कला/साहित्य समाचार

सिन्धुली, १९  असार


सिन्धुली जिल्लामा पहिलो होम स्टे संचालन हुने भएको छ । नेपालको ईतिहासलाई जोगाउन सफल सिन्धुलीगढी आउने पर्यटकलाई लक्षित गरी होम स्टे संचालन गर्न लागीएको हो । भद्रकालि होमस्टे संचालन गर्न लागीएको हो । कमलामाई नगरपालिका–२ मा पर्ने ढुङग्रेभञ्ज्याङमा रहेको मगर बस्तीमा होम स्टे संचालनको तयारी अन्तिम चरणमा पुगेको छ । जिल्लाकै पहिलो होमस्टे संचालन गर्न कमलामाई नगरपालिका,उद्योग बाणिज्य संघ, गैरसरकारी संस्था महासंघ, कृषि ज्ञान केन्द्र, घरेलु तथा साना उद्योग विकास समिति,कन्दमुल तथा तरकारी विकास केन्द्र सिन्धुलीको सहकार्यमा होम स्टे संचालन गर्न लागिएको हो ।
होम स्टे संचालनको तयारी अन्तिम चरणमा पुगेको गैरसरकारी संस्था महासंघ सिन्धुलीका अध्यक्ष वदेराज दाहालले बताए ।होमस्टे संचालनको लागी करिव ४० लाख रुपैया लाग्ने अनुमान गरिएको र सो रकमको समेत व्यवस्थापन भई सकेको उद्योग बाणिज्य संघ सिन्धुलीका अध्यक्ष अमरेश चन्द्र बैदारले बताए ।
अन्न देखि तरकारी सम्म सवै स्थानीय र अर्गानिक होमस्टे संचालनको लागी पूर्वाधार तयारी देखि स्थानीय स्तरम उत्पादन हुने रैथानेबालीको उत्पादन कार्यपनि अगाडी बढाई सकेको कृषि ज्ञान केन्द्र सिन्धुलीका प्रमुख राजन ढकालले बताए । होम स्टेमा आउने पाहुनाको लागी स्थानीय रुपम उत्पादन गरिएका रैथानेबालीका परिकार , त्यसमा पनि पूर्ण रुपमा अर्गानिक खाना खुवाउनु गर्ने कृषि ज्ञान केन्द्रले स्थानीय रैथाने जातका अन्नबाली,तरकारी,सिस्नु लगायतका उत्पादनमा कृषकहरुलाई तालिम दिएको र सोही अनुसारको उत्पादन प्रक्रिया पनि सुरु भएको ढकालले बताए । त्यस होम स्टेलाई पुग्ने गरी स्थानीय स्तरमा नै रैथानेबाली र तरकारीका जाँत उत्पादनका गर्न लागिएको ढकालले बताए ।
उक्त स्थानमा पाईने शत प्रतिशत अन्य तथा अन्य तरकारी जन्य वस्तुहरु स्थानीय उत्पादन र अर्गानिक हुने उद्योग बाणिज्य संघका अध्यक्ष अमरेशचन्द्र वैदारले बताए ।
उक्त होमस्टेमा चाहिने लोकलकुखुरा देखि अन्य सम्म उत्पादनको तयारी सुरु भईसकेको उनले बताए । लोकल कुखुरा पालन , करेसाबारीको व्यवस्थापन, तरकारीको उत्पादन, अन्नबालीको उत्पादन लगायतका वस्तु उत्पादन नै सुरु भईसकेको वैदारले बताए ।
होमस्टे संचालनको लागी बजेटको व्यवस्थापन
होमस्टे संचालनको लागी ४० लाख लाग्ने अनुमान गरिएकोमा तीन नम्वर प्रदेश सरकारको कृषि पर्यटन कार्यक्रम अन्र्तगतकन्दमुल तथा तरकारी विकास केन्द्र अन्र्तगत श्री सिन्धुली नामक संस्था मार्फत २४ लाख र अन्य सरोकारवाला निकायबाट १६ लाख गरी ४० लाख बजेट व्यवस्थापन समेत भईसकेको उद्योग बाणिज्य संघ सिन्धुलीका अध्यक्ष बैदारले बताए । यहाँ परिक्षण स्वरुप होमस्टे संचालन सूरु भईसकेको बैदारले बताए ।
होमस्टे संचालनको लागी मगर सास्कृतिक टोलिको गठन र तालिम समेत सम्पन्न भईसकेको बैदारले बताए । जिल्लामा नै पहिलो पटक संचालन भएको होमस्टेमा मगर समुदायका १७ घर परिवारको बसोवास रहेको पनि बैदारले बताए । संचालन गरीएको होमस्टे विपि राजमार्ग सगै जोडिएको उक्त स्थानबाट सिन्धुलीमाढी फाट, सिन्धुलीगढी, लगायतका धार्मिक तथा सस्कृतिक स्थानहरु पनि नजिकै रहेकाले यहाँ होमस्टे संचालन गर्न लागिएको बैदारले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *