बिहीबार ५६९ जना कोरोना संक्रमणमुक्त

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, ११ भदाै

पछिल्लो २४ घण्टामा थप ५ सय ६९ कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।

देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।

योसँगै नेपालमा  २० हजार ७३ संक्रमित  उपचारपछि निको भएका छन्।  मुस्ताङ, र हुम्ला गरी २ जिल्लामा संक्रमित शून्य भएका छन्।

बिहीबार १२ हजार ६ सय २९ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म ६ लाख ४७ हजार ८ सय ८१ जना व्यक्तिको पिसिआर भएको मन्त्रालयले जनाकारी दियो।

मन्त्रालयका अनुसार ९ हजार ४ सय ८८ जना क्वारेन्टाइनमा छन्। संक्रिय संक्रमितको संख्या १५ हजार २ सय ७३ रहेको छ। मन्त्रालयका अनुसार २४ घन्टामा ५ जना महिला र ३ जना पुरुष गरि ८ जनाको मृत्यु भएको छ। यो सँगै नेपालमा १ सय ८३ जना कोरोना संक्रमितको मृत्यु भएको तथ्यांक छ ।

कुन प्रदेशमा कति डिस्चार्ज?
प्रदेश १– १४९१
प्रदेश २– ४४५८
बागमती  प्रदेश– ९४६
गण्डकी प्रदेश– १६७०
प्रदेश ५– ४७०२
कर्णली प्रदेश– २०२५
सुदूरपश्चिम प्रदेश– ४७८१

Leave a Reply

Your email address will not be published. Required fields are marked *