बुधबार कुन जिल्लामा कति संक्रमित भेटिए?

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १० भदाै

नेपालमा कोरोना संक्रमितको संख्या ३४ हजार ४ सय १८ पुगेको छ। पछिल्लो २४ घन्टामा मात्र ८ सय ८५ जना कोरोना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

४७ जिल्लाका २ सय ९९ महिला र ५ सय ८६ पुरुष गरी ८ सय ८५ जना संक्रमित भेटिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।

प्रदेश १ को खोटाङमा १, झापामा १६, तेह्रथुममा ८, पाँचथरमा ४, मोरङमा १३ र सुनसरीमा ५५ जना संक्रमित भेटिएका छन्।

प्रदेश २ को धुनषाका ४३, पर्साका १, बाराका २४, महोत्तरीका १८, रौतहटका २०, सप्तरीका १, सर्लाहीका १ सय २० जनामा कोराना पुष्टि भएको मन्त्रालयले जनाएको छ।

बागमती प्रदेशमा काठमाडौंका २ सय ३०, काभ्रेका २१, चितवनका ४२, दोलखा र धादिङका २÷२, भक्तपुरका २४, मकवानपुरका १८, रामेछापका १, ललितपुरका ४७ र सिन्धुपाल्चोकका १ जनामा कोरोना पाइएको छ।

गण्डकी प्रदेशको कास्कीमा ४, गोरखामा १, नवलपरासी पूर्वमा ७, लमजुङमा २३, अर्घाखाँचीमा १, कपिलवस्तुमा ४, दाङमा १६ जनामा कोरोना भेटिएको प्रवक्ता गौतमले जानकारी दिए।

यस्तै, प्रदेश ५ को नवलपरासीमा २, प्युठानमा २२, बर्दियामा १, बाँकेमा ४, रुपन्देहीमा १९, रोल्पा र जाजरकोटमा १÷१ जनामा कोरोना भेटिएको छ।

कोरोना भेटिनेमा कर्णाली प्रदेशको दैलेख र सल्यानका १÷१ र सुर्खेतका ७, सुदूरपश्चिम प्रदेशको अछामका २०, कञ्चनपुरका २, कैलालीका २९, डडेल्धुरा र डोटीका २÷२ जना रहेका छन्।

कोरोनाको आशंकामा गत २४ घण्टामा १३ हजार २ सय ५३ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षा गर्नेको संख्या ६ लाख ३५ हजार २ सय ५२ पुगेको छ।

कुल संक्रमितमध्ये नेपालमा हाल १४ हजार ७ सय ३९ जना सक्रिय संक्रमित छन्। हाल ८ हजार ७ सय ११ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *