पछिल्लो २४ घण्टामा १५५२ जना कोरोना संक्रमित संक्रमणमुक्त

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २५ असाेज

पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ५२ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।

देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।

यो सँगै नेपालमा ७५ हजार ८ सय ४ संक्रमित  उपचारपछि निको भएका छन्।

मन्त्रालयका अनुसार १२ हजार ४ सय २७ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै ११ लाख ७६  हजार ९ सय ८४ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार ४ हजार ६ सय १३ जना क्वारेन्टाइनमा छन्।  नेपालमा ३१ हजार ३ सय १५ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ।

कुन प्रदेशमा कति डिस्चार्ज 
प्रदेश १ – ६६१८
प्रदेश २– १४९८३
बाग्मती प्रदेशमा –२८३०७
गण्डकी प्रदेशमा –४१९७
लुम्बिनी प्रदेशमा –१०७२४
कर्णाली प्रदेशमा –३४४३
सुदूरपश्चिम प्रदेशमा ७५३२

Leave a Reply

Your email address will not be published. Required fields are marked *