Monday, June 22, 2026

मङ्गलबार मध्यपुर र सुर्यबिनायक नपाका १३ जना संक्रमित

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

भक्तपुर, १० भदाै

मङ्गलबार भक्तपुर जिल्लाका १३ जना सर्वसाधारणमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरबाट जानकारी प्राप्त भएको छ । सङ्क्रमित १३ जनामध्ये ११ जना मध्यपुर थिमि नगरपालिका र २ जना सुर्यबिनायक नपाका बासिन्दा छन् ।

प्राप्त जानकारीअनुसार मध्यपुर थिमि नपा सानोठिमीका ९ वर्षका एक बालक तथा २१ र ३६ वर्षका पुरुषमा सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै मध्यपुर थिमि नपा वडा नं ३ का ३७ वर्षका पुरुष, लोकन्थलीका ५८ वर्षका महिला, मध्यपुर थिमि नपा वडा नं ५ का ३० वर्षका पुरुष, मथिनपा ९ वडाका २३ र ५० वर्षका पुरुष, कौशलटारका ६६ वर्षका पुरुष, मध्यपुर थिमिकै ३७ का पुरुष र ४० वर्षका महिला पनि संक्रमित भएको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरले जानकारी दिएको छ ।
त्यस्तै सुर्यबिनायक नपा सिरुटारका २७ वर्षकी महिला र ३३ वर्षका एक पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *