पंचायती राज्यस्तरकाे षड्यन्त्र भक्तपुर काण्डको स्मरण गर्दै वागीश्वरी

राजनीति विचार विशेष समाचार समाचार

न्यूज अपडेट
भक्तपुर, ९ भदौ

३२ वर्ष अघि पञ्चायती राज्यस्तरबाट षड्यन्त्र गरी नेपाल मजदुर किसान पार्टीलाई समुल नष्ट पार्ने उद्देश्यले रचिएको भक्तपुर काण्डको आज जुम मिटिङ गरी नेपाल प्राध्यापक समाज र नेपाल क्रान्तिकारी शिक्षक संघ वागीश्वरी इकाइ समितिले स्मरण गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल प्राध्यापक समाजका केन्द्रीय अध्यक्ष सरोजराज गोसाईले ‘षड्यन्त्र सिद्धान्त’को धरातलमा भक्तपुर काण्डबारे स्पष्ट पार्दै इसापूर्व ६४ मा नीरोले रोममा आगलागी गरी अल्पसंख्यक क्रिश्चियनमाथि दमन गरेको र हिटलरले सन् १९३३ फेब्रुअरीमा राइखस्टाग नामक संसद भवनमा आगलागी गरी दोष कम्युनिष्टहरुमाथि लगाइएको उदाहरण प्रस्तुत गर्दै अमेरिकी साम्राज्यवादले आतंकवादलाई आफै उत्कर्षमा ल्याएको बताए । उनले प्रतिक्रियावादी संघसंस्थाभित्र घुसी प्रतिक्रियावादको विरोध गर्ने लेनिनवादी नीति अनुसार पंचायती व्यवस्थाभित्र गइ विभिन्न तवरबाट पंचायतको विरोध गरेको बताए । त्यसअनुसार नगरपंचायतले चिनीयाँ क्रान्तिका नेता मोओ त्से तुङलगायतका क्रान्तिकारीहरुको जीवनी पुस्तक प्रकाशन गरेको, पंचायती भूमिसुधार नीतिको उपयोग गरेको, रात्री शिक्षाबाट किसानलाई शोषणविरुद्ध उत्प्रेरित गरेको, साहित्य गोष्ठीमा क्रान्तिबारे विश्लेषण गरेको, गाइजात्रामा गीत, प्रहशनमार्फत व्यङ्ग्य गरेको र भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको विरुद्ध आवाज उठाएको प्रष्ट्याए ।


त्यस्तै उनले जनताको नजरमा गिरिसकेको पात्र कर्णप्रसाद ह्योजुलाई पंचायतले आफ्नो वफादार कुकुरको रुपमा बलिको बोको बनाएको बताए । ०४५ सालको भूकम्पमा राहत वितरणमा धाँधली गरेको कारण एजेन्ट प्रभोकेटर लगाई भूकम्प पीडिटलाई कुट्न लगाएको स्पष्ट पारे । पोष्टमार्टमको प्रतिवेदन सार्वजनिक नगरी नेमकिपाका नेता कार्यकर्तमाथि गिरफ्टारी गर्नु षड्यन्त्रपूर्ण रहेका बताए र्। प्रधानमन्त्री, राष्ट्रिय पंचायतका अ्रध्यक्ष, पंचायत नीति तथा जाँचबुझ समितिका अध्यक्षलगायतले ह्योजुको शवयात्रामा रोहितलाई फाँसी दे जस्ता नारा लगाउनु पंचायती षड्यन्त्र रहेको बताए । जस्तोसुकै भक्तपुरका जनतालाई अतिरञ्जनापूर्ण दुष्प्रचार गराएपनि अन्ततःः २०४६ सालको जनआन्दोलनबाट आफै फालिएको उनको भनाइ छ ।


नेपाल क्रान्तिकारी शिक्षक संघका अध्यक्ष ज्ञानसागर प्रजापतिले भदौ ९ गते कालो दिवसको औपचारिकताबारे स्पष्ट पारे । उनले तत्कालीन नेपाल मजदुर किसान संगठनका नेता कार्यकर्ताहरु नगर पंचायतमा निर्वाचित भई पंचायतविरुद्ध लाग्नका लागि विभिन्न किसिमबाट क्रियाकलापहरु गरेको बताए । उनले त्यसबेला माक्र्स लेनिनका जीवनी प्रकाशन गर्दा पंचायती मण्डलेह्ररुलाई सह्य नभएको र आजसम्म पनि नेमकिपाले गरेका जनपक्षिय कार्य शासकहरुका निम्ति सह्य नभएको बताए । भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको विरोध सडक र सदनमा गर्ने नेमकिपाबाहेक कोही नभएको स्पष्ट पारे । अहिलेको महामारी कोरोना भाइरसको सन्दर्भलाई जोड्दै उनले भने ख्वप विश्वविद्यालय संचालनका लागि उसबेला स्वीकृति दिएको भए आज हाम्रा विद्यार्थीहरु देशका हरेक कुनाकाप्चामा पुगी जनताको उपचार गरिरहेको हुन्थ्यो । तर ठेक्कापटा र कमिशनतन्त्रमा पल्केका दलहरुले स्वीकृति दिएनन् । उनले नेमकिपाको ठूलो पूँजी इमान र नैतिकता रहेको स्पष्ट पार्दै ह्योजूलाई शत्रुहरुले गलत सल्लाह सुझाव दिएकै कारण भ्रट हुँदै गएको जिकीर गरे । राजनीतिक नाता रगतको नाताभन्दा गाढा हुने भन्दै राजनीतिलाई फूर्सदको मेसोको रुपमा लिन नहुने बताए । भक्तपुर काण्ड कठीनभन्दा कठीन यात्रामा राजनीतिक कार्यकर्ताहरुको परीक्षा भएको उनको भनाइ छ । नेमकिपाले लिएका लाइन हरेक शासक दलका लागि चुनौतीपूर्ण हुने बताउँदै उनले जनप्रतिनिधिहरु ह्योजूजस्तै बिग्रन नहुने र फेरि नयाँ ढंगबाट षड्यन्त्र भए जस्तोसुकै कठीन काममा पनि समाजवादका लागि सामना गर्न यसकाण्डले प्रेरणा मिलेको स्पष्ट पारे ।


कार्यक्रममा वागीश्वरी माविका प्रधानाध्यापक कृष्ण प्रसाद धन्छाले पंचायती दमनका कारण नेमकिपाले भूमिगत रुपमा गरेका गतिविधिहरुबारे जानकारी दिए । उनले भक्तपुर काण्डमा २७ जना शिक्षकहरु सहित ६७ जनालाई पंचायती हिमायतीहरुले ज्यानमुद्दा लगाई फसाइएको स्पष्ट पारे । नेपाल प्राध्यापक समाज वागीश्वरी इकाइका अध्यक्ष ग्याहेन्द्र प्रसाद दाहालको सभापतित्वमा भएको उक्त कार्यक्रममा राजन चौगुठी र विश्वेश्वर प्रसाद मानन्धरले पनि आफ्नो विचार व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *