थप ३ सय १३ कोरोना संक्रमित संक्रमणमुक्त

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, ९ भदाै

पछिल्लो २४ घण्टामा थप ३ सय १३ कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।

देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

यो सँगै नेपालमा  १९ हजार १ सय १९ संक्रमित  उपचारपछि निको भएका छन्।  मुस्ताङ र हुम्ला गरी २ जिल्लामा संक्रमित शून्य भएका छन्।

मंगलबार  ११ हजार ३ सय २७ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म ६ लाख २१ हजार ९ सय १ जना व्यक्तीको पिसिआर भएको मन्त्रालयले जनाकारी दियो।

मन्त्रालयका अनुसार १० हजार ४ सय ५३ जना क्वारेन्टाइनमा छन्। संक्रिय संक्रमितको संख्या १४ हजार २ सय ५० रहेको छ। मन्त्रालयका अनुसार २४ घण्टामा १ जना महिला र ६ जना पुरुष गरि ७ जनाको मृत्यु भएको छ। यो सँगै नेपालमा १ सय ६४ जना कोरोना संक्रमितको मृत्यु भएको तथ्यांक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *