मन्त्रालयको निर्देशन विपरीत विद्यालयमा आइसोलेसन

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

हेटौंडा, १४ भदाै

संघीय सरकारको शिक्षा मन्त्रालयको निर्देशन विपरीत मकवानपुरको भिमफेदी गाउँपालिकाले विद्यालयमा आइसोलेसन सेन्टर निर्माण गरेको छ । कोरोना संक्रमितको संख्या बढेसँगै पालिकाले महेन्द्र माध्यमिक विद्यालयमा १० बेडको आइसोलेसन सेन्टर बनाएको स्वास्थ्य संयोजक राम थिङले बताए ।

शिक्षा मन्त्रालयले भने विद्यालय भवनमा कोरोना संक्रमितको उपचारको लागि आइसोलेसन नबनाउनु र भएको भए हटाउन भनेको थियो ।

गाउँपालिका उपाध्यक्ष पार्वती रानाले भने विद्यालयमा संक्रमितलाई नराखिएको र अर्को ठाउँमा आइसोलेसन सेन्टर बनाइने बताइन् । ‘पहिला सञ्चालनमा ल्याउने गरी तयारी गरिएको थियो मन्त्रालयको निर्णयपछि सार्नुभयो उनले भने, ‘त्यस लागि पालिकाको बैठकमा छलफल गर्दैछौं ।’

स्वास्थ्य संयोजक थिङका अनुसार पालिकामा अहिलेसम्म १५ जनालाई कोरोना पुष्टि भएको छ, जसमध्ये ९ जना कोरोनामुक्त भइसकेका छन् । ६ जना गौरिटार आइसोलेसनमा छन् ।

यता हेटौंडा अस्पताल उपमहानगरको सहयोगमा कर्राको श्रमिक माविमा सञ्चालन गरेको आइसोलेसन मन्त्रालयको निर्णय आएलगतै हटाएर गौरीटार पुर्‍याएको छ । कर्रामा स्वाब संकलन केन्द्र सञ्चालनको रुपमा प्रयोग गरिएको अस्पतालका अध्यक्ष प्रकाश पौडेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *