नेपालगञ्ज २० बैशाख
पछिल्लो हप्तादेखि बढेको गर्मीका कारण आजित भएका नेपालगञ्जबासीलाई बर्षापछि राहत मिलेको छ । गर्मीका कारण दैनिक काम छोड्न बाध्यता भएका मजदुरहरु शुक्रबार विहान ४ बजे परेको पानीपछि धमाधम काम गर्न थालेका छन् । गर्मिले गर्दा नेपालगन्जबासीको दिनचर्या अस्तब्यस्त बनेको थियो ।
शुक्रबार विहान मौसम बदलीभई मेघगर्जनसहित हलुका वर्षा हुदाँ नेपालगञ्जमा शितलता छाएको छ । करिब डेढघण्टा सम्म मेघगर्जनसहित चिसो हावाहुरी र वर्षा हुदाँ गर्मीबाट आजित भएका नेपालगञ्जबासीलाई राहत मिलेको छ । देशकै सवैभन्दा बढि गर्मी हुने नेपालगञ्जमा शुक्रबार हावाहुरीसँगै भएको वर्षाले राहत दिएको होटल सञ्चालक विण्णु रोकायले बताए । उनले भने, हामी गर्मिले हैरान भएका थियौं । पानी पर्दा राहत मिलेको छ । विहान करिब ७ः३० बजे बादल फाटेर घाम देखिएपछि गर्मी हुने आशंका गरिरहेका नेपालगञ्जबासीलाई पुनः मौसमले उपहार दिएको ठानेको स्थानीयबासी नमबहादुर शाहीले बताए । उनले भने,भगवानले पनि गर्मि भयो भनेर पानी पारीदिएको हुनुपर्छ । शुक्रबार विहान आकाशमा बादल भएता पनि करिब सवा ८ बजेसम्म प्रष्ट घाम लागेको थियो । विहान करिब ९ बजेदेखि आकासमा पुनः कालोबादल लागेपछि यतिवेला नेपालगञ्जको मौसम शितलमय बनेको छ ।
आकाशमा बादल छ, पानी पर्ने छाँट देखिएकोछ । मौसममा आएको बदलिले गर्मीबाट काकाकूल भएकालाई राहत होला तर, वर्षाको सिजन नभएको अवस्थामा भएको वर्षाका कारण विरामी हुनसक्ने हुदाँ सो विषयमा सचेत हुन चिकित्सकको सुझाव छ ।