काठमाडौंमा ३ सहित ७ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १ सय ६४ पुग्यो

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, ९ भदाै

नेपालमा गत २४ घण्टामा सात जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृततको संख्या १ सय ६४ पुगेको छ।

पाँच वटा जिल्लाका १ महिला र ६ पुरुष गरी सात जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। काठमाडौंमा मात्र तीन जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।

काठमाडौंकी ७१ वर्षीया महिला, ७४ र ६६ वर्षीय पुरुष, सिरहाका २२ वर्षीय पुरुष, धनुषाका ७८, र रुपन्देहीका ५३ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

यसअघि सोमबार ८ जना कोरोना संक्रमितको मृत्यु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *