तत्काल व्याजदर घटाउन सकिदैन : बैंकर्स संघ

अर्थ/वाणिज्य विशेष समाचार समाचार

 

नेपाल बैंकर्स संघले तत्काल कर्जाको व्याजदर घटाउन नसकिने बताएको छ । नेपाल राष्ट्र बैंकले कर्जाको व्याजदर घटाउन निर्देशन दिए पनि बैंकर्स संघले यस्तो जवाफ दिएको हो ।

संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले कर्जाको व्याजदर राष्ट्र बैंकले भनेजस्तो २ प्रतिशत घटाउन बैंकसँग पर्याप्त लगानी नभएको बताए । बिहीबार राजधानीमा उनले बैंकहरुले लगानीलाई आकर्षित गर्न पनि तत्काल कर्जाको ब्याजदर घटाउन नमिल्ने बताए । उनले असोजबाट भने कर्जाको व्याजदर घटाउन सकिने बताए ।

उनले राष्ट्र बैंककै निर्देशन बमोजिम स्थानीय तहमा शाखा विस्तार गर्दा बैंकको आन्तरिक खर्च बढ्न गएकोले तत्काल कर्जाको व्याजदर समायोजन गर्न नसकिने प्रष्ट पारे । उनका अनुसार बैंकको आन्तरिक खर्च ८० प्रतिशतसम्म वृद्धि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *