Thursday, May 16, 2024

भक्तपुरको बाराहीस्थानमा थप एक जनामा कोरोना

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

भक्तपुर, ७ भदौ

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार सार्वजनिक गरेको नोबेल कोरोना भाइरस सङ्क्रमितको तथ्याङ्कअनुसार भक्तपुर जिल्लामा थप २८ जना संक्रमित फेला परेको छ । संक्रमितमध्ये १४ जना सुर्यबिनायक नपा, १ जना मध्यपुर थिमि र ३ जना भक्तपुर नपाको रहेको स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिए । दस जनाको भने अझै स्पष्ट विवरण प्राप्त भइनसकेको उनले बताए ।
सुर्यबिनायक नपाअन्तर्गत आइतबार संक्रमण पुष्टि भएकामध्ये ६ जना सुर्यबिनायक नपा वडा नं ६ का बासिन्दा हुन् । त्यस्तै सुर्यबिनायक नपा वडा नं ५ का १ जना, सुर्यबिनायक नपा सल्लाघारीका ३ जना र सुर्यबिनायक नपा उल्लेख भई वडा उल्लेख नभएका ३ जनामा संक्रमण फेला परेको छ ।
प्राप्त वितरणअनुसार मध्यपुर थिमि नपा ठेगाना उल्लेख भएका एक जना पनि भाइरस संक्रमित भएका छन् ।
भक्तपुर नपा ठेगाना भएका ३ जना संक्रमितमध्ये एक जना बाराही स्थानका ३७ वर्षकी महिला भएको खुलेको छ । उनको परिवारमा पहिले पनि एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । बाँकी दुई जनाको भने भक्तपुर ठेगाना मात्र उल्लेख रहेको जनस्वास्थ्य कार्यालय जनाएको छ ।
१४ जनामध्ये दुई जनाको भने दोस्रो पटक पीपीई परीक्षण गर्दा पनि पोजेटिभ आएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *