स्वास्थ्यकर्मी माथि दुर्व्यवहार गर्नेलाई कानूनी कारबाही हुन्छ : स्वास्थ्य मन्त्रालय

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, ७ भदाै

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गर्ने व्यक्तिलाई कानूनी कारबाही गर्ने प्रतिवद्धता जनाएको छ ।

दिनरात नभनी बिरामीको उपचारमा खटिने स्वास्थ्यकर्मी माथि दुर्व्यवहार गर्ने व्यक्तिलाई कानूनी कारबाही गर्ने मन्त्रालयले प्रतिवद्धता जनाएको हो ।

साउन ३० गते चितवनस्थित बकुलहर रत्ननगर अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा विश्वबन्धु बगालेको घरमा कोरोना संक्रमित भन्दै केही व्यक्ति ब्यानर टाँस्न पुगेको थिए ।

यस्तै, शनिबार बिहान सिभिल अस्पतालका स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखिएको ठाउँमा स्थानीयहरुले हुल हुज्जत गरेका थिए ।

उनीहरु सबैलाई कारबाहीका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई सूचना गरिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । दोषि सबैलाई कानूनी कारबाही हुने मन्त्रालयले प्रतिवद्धता जनाएको छ ।

स्वास्थ्यकर्मीलाई यस किसिमको दुव्र्यवहार नगर्न मन्त्रालयले सबैलाई आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *