सुदूरपश्चिम प्रदेशमा तीन जिल्लाका ४७ जनामा कोरोना पुष्टि

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, ४ भदाै

सुदूरपश्चिमका तीन  अछाम, डोटी र डडेल्धुरा जिल्लाका ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बिहीबार डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा थप ४७ जनामा कोरोना पुष्टि भएको हो ।

जसमध्ये अछामको मेल्लेख गाउँपालिकाका १५ जना, साँफेबगर नगरपालिकाका १५ जना,डोटीको आदर्श गाउँपालिकाका १६ जना र डडेल्धुराको गन्यापधुरा गाउँपालिकाका १ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा ३७० जनाको कोरोना परीक्षण गरिएकोमा ४७ जनामा कोरोना प्रयोगशाला ईन्चार्ज ईस्वरीप्रसाद भुषालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *