प्यूठान, २ आश्विन
पुरानो जीबनशैलीसग जोडिएका पुराना प्रबिधीहरु पछिल्लो समय लोभ हुदै गएका छन् । पहिला गाउँघरमा कोल, पानीघट्टा, ढिकी जाँतो जस्ता पुराना प्रबिधी निकै प्रयोग हुन्थे तर अहिले ती प्रबिधीको अस्थित्ब प्राय संकट परिसकेको छ । मानिसको जीवनशैलीलाइ सहज बनाउने यी साधनको संरक्षण नहुदाँ यिनीहरु लोभ भएका हुन् । प्यूठानमा पहिला यस्ता प्रबिधीको प्रयोग गरि मानिसहरुले कोलमा तोरी, चिउरी पेलेर तेल तथा पानीघट्टा, ढिकी जाँताबाट धान ,मकै पिसेर दैनिकी चलाउथे । बिगतका समयमा जिल्लाभरी कयौँ यस्ता परम्परागत प्रबिधीहरु थिए तर अहिले सबै लोभ भएका छन् ।
ग्रामिण क्षेत्रमा प्रयोग हुने यस्ता साधनको संरक्षण नहुदाँ पुरानो जीबनशैलीसगँ जोडिएका कोल, पानीघट्टा, ढिकी जाँताजस्ता प्रबिधीहरु लोभ भएर गएका छन । पुरानो इतिहास बोकेका यस्ता प्रबिधीहरु संरक्षण गुर्नुपर्ने भएपनि संरक्षण हुन सकेको छैनन् । पछिल्लो समय जिल्लाका ग्रामिण क्षेत्रमा बिजुली पुगेपछि तथा बिद्युतीय प्रबिधी आएसगै यी प्रबिधी बिस्थापित भएका हुन् । प्रविधिको विकास क्रमसँगै परम्परागत प्रविधिमा आधारित चिउरी, उखु,तोरी र फिलुङ्गगे पेल्ने परम्परागत कोल तथा पानीघट्टा, ढिकी जाँतो गाउँबाटै लोप हुदै गएको प्यूठान नगरपालिका १० का ६५ बर्षिय तुकमान पुनले बताए ।
‘पहिला सबैका घरमा पिसानीका लागी ढिकी झातो तथा गाउँलाई पायक पर्ने स्थानमा कोल थिए तर अहिले ती प्रबिधी देखिनै छाडे’ उनले भने,‘ आधुनिक प्रबिधीको विकाससँगै प्युठानका गाउँगाउबाट परम्परागत प्रबिधी हराए ।’ पछिल्लो समय आधुनिक बिद्युतीय सामाग्री आएपछि कुटानी तथा पिसानीका लागी मिल प्रयोग हुन थालेपछि गाउँमा भएका यस्ता प्रबिधी प्रयोग बिहिन भएको झिमरुक गाउँपालिका ४ का हुकुम बहादुर जीसीले बताए । ‘हामीले अन्न कुट्न तथा पिस्नका लागी ढिकी जाँतो प्रयोग गथ्र्यौ तर अहिले ती प्रबिधी कतै छैनन्’ उनले भने,‘ अब ती सामाग्री हाम्रा सन्तानका लागी दन्त्य कथा जस्तै भएका छन् ।’ हाम्रा बाउ बाजे (पुराना पुस्ताका मानिस)ले प्रयोग गरेका प्रबिधीको संरक्षणका लागी कसैले चासो नदिएको उनले गुनासो गरे । पुरानो शिप तथा प्रविधिका साधनहरू पानीघट्ट, ढिकी, जाँतो, कोलजस्ता साधनको संरक्षण गर्न स्थानीय सरकार तथा स्थानीयवासीहरु लाग्नुपर्ने उनको बुझाई छ ।