वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत

कला/साहित्य शिक्षा समाचार

भक्तपुर २९, बैशाख


वागीश्वरी माध्यमिक विद्यालय च्याम्हासिंह भक्तपुरमा शैक्षिक सत्र २०७६ मा पूर्व प्रावि (प्ले ग्रुप) देखि कक्षा नौ सम्म भर्ना भएका नवआगन्तुक विद्यार्थीहरुको स्वागत कार्यक्रम सम्पन्न भएको छ । २०७५ सालको वार्षिक परीक्षामा प्रथम, द्वितीय र तृतीय भएका विद्यार्थीहरुलाई पुरस्कार वितरणसमेत गरिएको उक्त कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र ज्याख्वले वागीश्वरी स्कुल सामुदायिक भए पनि कुनै संस्थागत स्कुलको भन्दा शैक्षिक गुणस्तर कम नभएको कुरा यसको नतिजाले प्रष्ट पार्छ भन्दै सस्तोमा पनि स्तरीय शिक्षा प्रदान गर्न वागीश्वरी सफल भएको दाबी गर्नुभयो ।


नया“ विद्यार्थी ४१४ जना भएको र कक्षा १० सम्ममा १८९० पुगेको तथ्याङ्क प्रस्तुत गर्नुहु“दै उहा“ले विद्यार्थीको अनुपातमा सरकारले पर्याप्त शिक्षक नदिंदा आफ्नो स्रोतबाट निजी शिक्षक नियुक्ति गर्न बाध्य भएर केही सहयोग रकम उठाउन परेको प्रष्ट पार्नुभयो ।
धेरै भाषी, धर्म, जाति र संस्कृतिका विद्यार्थीहरु एउटै स्कुल र एउटै कक्ष कोठामा हु“दा आपसी सद्भावको विकास हुने सकारात्मक पक्षमाथि प्रकाश पार्नुहु“दै उहा“ले भक्तपुर नगरपालिकाले यसपालि कक्षा २ र ७ मा स्थानीय पाठ्यक्रम लागू गरेर स्थानीय भाषा, कला, संस्कृतिको सम्बद्र्धन गर्न खोजेको र यसमा नगरका सबै स्कुलहरुले राम्रो सहयोग पाइरहेको बताउनुभयो ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख खेमनाथ पोखरेलले वागीश्वरी स्कुलले सामुदायिक स्कुलको इज्जत धानेको चर्चा गर्नुहु“दै वागीश्वरी स्कुलस“ग सम्बद्ध शिक्षक, कर्मचारी, अभिभावक, विद्यालय व्यवस्थापन समिति सबैलाई धन्यवाद दिंदै नवागन्तुक विद्यार्थीहरुलाई उत्साह साथ अध्ययनमा लाग्न सुझाव दिनुभयो ।
कार्यक्रममा प्राचार्य कृष्णप्रसाद धन्छा, वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठ र सहायक प्राचार्य ज्ञानसागर प्रजापति, शिक्षक विश्वेश्वर मानन्धर र विद्यार्थी प्रनिशा पौडेलले पनि नवागन्तुक विद्यार्थीहरुलाई स्वागत गर्दै वागीश्वरी स्कुलका विविध पक्षका बारेमा जानकारी दिनुभएको थियो ।
पहिलो चरणको कार्यक्रमपश्चात् विद्यार्थीहरुको विविध सांस्कृतिक कार्यक्रम पनि भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *