प्रधानमन्त्रीले बोलाए मन्त्रीपरिषदको बैठक

राजनीति विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, ४ भदाै

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डलको बैठक बोलाएका छन् । बैठक विहिबार साँझ ५ बजेका लागि आव्हान गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले सीसीएमसीलाई बन्दाबन्दीबारे प्रस्ताव ल्याउन निर्देशन दिएको थियो। लगत्तै मंगलबार र बुधबार दुई दिन सीसीएमसीको बैठक बसेको छ। बुधबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली नै सहभागी थिए।

सीसीएमसीले भने देशब्यापी बन्दाबन्दी नगर्ने, तर संक्रमणको जोखिम रहेको स्थान पहिचान गरी निषेधाज्ञादेखि कर्फ्यूसम्म जारी गरिने निर्णय गरेको छ। राजधानी उपत्यकाका तीन जिल्लामा आगामी १० गते सम्मका लागि निषेधाज्ञा जारी गरेको छ । जसका कारण जनजीवन प्रभावित बनेको छ । उपत्यका सहित देशभरका ४० जिल्लामा अहिले नै आंशिक र पूर्ण गरी निषेधाज्ञा जारी गरिएको छ।

गएको ७ साउनदेखि बन्दाबन्दी अन्त्य भएपछि संक्रमण बढेको भन्दै सरकारले संक्रमण बढेका ठाउँहरुमा लकडाउन देखी कफ्र्यू गर्न पाउने अधिकार जिल्लालाई दिएको छ । अहिलेसम्म २८ हजार ९३८ जनामा संक्रमण पुष्टि भएको छ भने १२० जनाको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *