नेकपा एमाले दल निर्वाचन आयोगमा दर्ता,चुनाव चिन्ह उदाउँदो सुर्य

राजनीति विशेष समाचार समाचार

न्यूज अपडेट

काठमाडाैं, ४ भदाै

नेकपा एमाले दल निर्वाचन आयोगमा दर्ता भएको छ ।बुधबार निर्वाचन आयोगमा “नेकपा एमाले” नामको दल दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।

सन्ध्या तिवारी अध्यक्ष रहेको नेकपा एमालेको महासचिवमा मनिषकुमार उपाध्याय रहेको र चुनाव चिह्न उदाउँदो सूर्य रहेको पनि श्रेष्ठले बताए । दल दर्ताका सबै प्रक्रिया पूरा गरेकाले आयोगको बैठकले दर्ता गर्ने निर्णय लिएको उनको भनाइ थियो ।

यस अघि उक्त दलका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा दल दर्ता प्रक्रिया अघि बढेको भन्दै सत्तारुढ दल (नेकपा) स्थायी कमिटी बैठकमा चर्काचर्की परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *