असार १८ गते बिहिबारको राशिफल

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

भक्तपुर, १८ असार

श्री शाके १९४२ बि.स.२०७७ साल असार १८ गते बिहिबार इश्वी सन २०२० जुलाई २ तारीख आषाढ शुक्लपक्ष द्वादशी तिथी अनुराधा नक्षत्र साध्य योग वालव करण चन्द्रंमा वृश्चिक राशिमा आनन्दादि योगमा आनन्द योग प्रमादीनाम संवत्सर सुर्य उत्तरायण ग्रीष्म ऋतु प्रदोष व्रत तुलसीपिए

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): अरुको कुरामा बिशेष ध्यान नदिनु होला । मनमा कुबिचारले बास गर्नाले भोलिको समयमा केहि झन्झज पर्न सक्छ । खर्चको योग रहेको हुनाले लगानिमा ध्यान दिनु होला । बौधिक ब्यत्तित्व सगँको भेटघाटमा समय ब्यतित रहने छ । खानपानका कारण स्वास्थमा सामान्य खराबि देखा पर्नेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): ब्यापार ब्यवसायको निम्ति राम्रो समय रहेको छ । निर्णय गर्ने क्षामतामा वृद्धि हुनेछ । मित्रजनहरूबाट साथ सहयोग प्राप्त हुनाले मनमा प्रशन्नता छाउनेछ । सामान्य यात्रा रहन सक्छ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । कार्य धैर्यताका कारण पद प्रतिष्ठामा बृद्धिको योग रहेको छ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): अरुको छिटो बिश्वास गर्ने बानीको कारण तपाँईलाई सामान्य धोका हुन सक्छ । अरूको सहयोग निम्ति धेरै समय ब्यतित हुन सक्छ । कुरा काट्ने ब्यक्तिहरूको वृद्धि हुनेछ । शत्रु सबल रहलान् । स्वास्थ सम्बन्धी समस्याले सताउला । नयाँ लगानी तथा साझेदारीकार्यका क्षेत्रमा भने उत्तम समय रहनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): मनोरञ्जनको क्षेत्रमा धेरै समय ब्यतित हुन सक्छ । सामान्य आम्दानी हुनसक्ने सम्भावना रहेको छ । मित्रजनको साथ सहयोग प्राप्त हुनेछ । नयाँ कार्यको थालनीले गर्दा मन प्रशन्न रहला ।मन प्रशन्न गराउने समाचार प्राप्त रहनेछन् । अध्ययन अध्यापनका सन्दर्भमा खर्चिएको समय उत्तम रहनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): भौतिक श्रोत साधनको प्रयोगले मन प्रशन्न रहला । पारीवारिक साथ सहयोगबाट काममा बिशेष फाईदा हुनेछ । दाम्पत्य सम्बन्धमा सुधार आउनेछ । श्रम परीश्रमको कदर नहुनाले मनमा सामान्य चिन्ता हुनेछ । सामान्य कार्य सम्पादनमा अधिक परिश्रमको सम्भावना रहेको छ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): खानपानमा बिशेष ध्यान दिनु पर्ने समय रहेको छ । कामको क्षेत्रमा भने साधारण झन्झट तथा अपजस सहनु पर्ला । दाजु भाइ बीचको साथ सहयोग प्राप्त हुनेछ । आय आम्दानीमा वृद्धिहुने योग रहेको छ । सामान्य यात्रा पश्चात मान सम्मानको प्राप्ती हुन सक्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): मान प्रतिष्ठामा वृद्धि हुने योग रहेको छ । कुलकुटुम्बहरूको साथ सहयोग राम्रो प्राप्त हुनेछ । खानपानमा बिशेष रूचि रहने छ । मधुर बाणीका कारण बिग्रन लागेको काम बन्ने योग रहेको छ । नयाँ लगानीका क्षेत्रमा भने समय मध्यम रहनेछ । अध्ययन अध्यापनमा समय मध्यम रहनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): मान्यजनको भेटघाटबाट मन प्रशन्न रहला । मित्रजन तथा दाजु भाई बिचको सम्बन्धमा सुधार रहने छ । सामान्य यात्राको सम्भाबना रहन सक्छ । कार्य क्षेत्रमा सामान्य झन्झट ब्यहोनु पर्ला । आँट र शाहासको वृद्धि हुनेछ । ब्यापार ब्यवसायमा भने सामान्य ढिलाईको सम्भावना रहेको छ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): बिश्वासिलो ब्यक्तिबाट धोकाहुनाले गरिरहेको काममा बिशेष झमेला पर्न सक्छ । कुराकाट्ने व्यक्तिहरूको कारण सामान्य चिन्ता बढ्न सक्छ । दम्पति बिच सामान्य कलह रहने सम्भावना रहन सक्छ । आय आर्जनका लागि भने समय उत्तम रहेको छ । साझेदारी कार्यको क्षेत्रमा अघि नबढेको नै राम्रो हुनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): मित्रजनहरुबाट साथ सहयोग प्राप्त हुनेछ । नयाँ कार्यको थालनिले गर्दा मन प्रशन्न रहला । यात्रा फाईदा मुलक हुनसक्ने सम्भावना रहेको छ । सामान्य स्वास्थ सम्बन्धी समस्याले सताउन सक्छ । गैर ब्यक्तिको पूर्ण बिश्वास नर्गनु राम्रो हुनेछ । कुरा काट्ने व्यक्तिहरूबाट बच्नु पर्ने छ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): कार्यसम्पादनमा झन्झट हुनाले मनमा खिन्नता बोध हुनेछ । परीवारका कोही सदस्यहरूको स्वास्थ क्षेत्रमा झमेला पर्न सक्छ । बौद्धिक विकास तथा विद्या प्राप्ति योग रहेको । कार्यक्षेत्रको लगन सिलतामा बृद्धि हुनाले मान सम्मानको योग रहेको छ । समय मध्यम रहनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): मनोरञ्जनको निम्ति धेरै समय ब्यतित हुन सक्छ । श्रम परीश्रमको राम्रो कदर हुने समय रहेको छ । सवारी साधनको प्रयोगमा ध्यान दिनु होला सामान्य झन्झट रहन सक्छ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । सामान्य कार्य सम्पादनमा अधिक परीश्रम गर्नु पर्ने सम्भावना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *