पछिल्लो २४ घण्टामा थप २ सय ६४ जना कोरोना संक्रमणमुक्त

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, ४ भदाै

छिल्लो २४ घण्टामा थप २ सय ६४ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।

देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

नेपालमा हालसम्म १७ हजार ९ सय ६४ जना उपचारपछि निको भएका छन्।

भोजपुर मनाङ, मुस्ताङ  र हुम्ला गरी ४ जिल्लामा संक्रमित शून्य भएका छन् ।

आज  ११ हजार ८ सय २२ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म ५ लाख ६६ हजार २ सय २० जना व्यक्तीको पिसिआर भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार ११ हजार  ७ सय ६८ जना क्वारेन्टाइनमा छन्। संक्रिय संक्रमितको संख्या ११ हजार ५ सय ५५ रहेको छ। मन्त्रालयका अनुसार २४ घण्टामा ६ जनाको मृत्यु भएको छ। यो सँगै नेपालमा १ सय २६ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ।

कुन प्रदेशमा कति डिस्चार्ज?
प्रदेश १– ११४४
प्रदेश २– ३८७७
बागमती  प्रदेश– ७२४
गण्डकी प्रदेश– १५७५
प्रदेश ५– ४३२८
कर्णापली प्रदेश– १९७०
सुदूरपश्चिम प्रदेश– ४३४६

Leave a Reply

Your email address will not be published. Required fields are marked *