पछिल्लो २४ घन्टामा ६४ जना संक्रमित डिस्चार्ज

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २८ साउन

पछिल्लो २४ घन्टामा थप ६४ जना संक्रमित कोरोना संक्रमणमुक्त भएका छन्। देशका विभिन्न अस्पतालबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

नेपालमा हालसम्म १६ हजार ७ सय २८ उपचारपछि निको भएका छन्। सोलुखुम्बु  संखुवासभा, मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला गरी ६ जिल्लामा संक्रमित शून्य भएका छन्।

आज १० हजार ४ सय ८१ जनाको पिसिआर टेस्ट भएको छ भने हालसम्म ४ लाख  ७३ हजार १ सय ७८ जनाको पिसिआर टेस्ट भएको मन्त्रालयका पवक्ता डा गौतमले जानकारी दिए।

हाल १४ हजार ८ सय ४६ जना क्वारेन्टाइनमा छन्। आइसोलेसनमा ७ हजार ६ सय १३ जना रहेका छन्। हालसम्म नेपालमा ९१ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ।

कुन प्रदेशमा कति डिस्चार्ज?
प्रदेश १– १०४५
प्रदेश २– ३४१७
बागमती प्रदेश– ६२५
गण्डकी प्रदेश– १४८७
प्रदेश ५– ४१९४
कर्णली प्रदेश– १९०२
सुदूरपश्चिम प्रदेश– ४०५८

Leave a Reply

Your email address will not be published. Required fields are marked *