राष्ट्र बैंकका कर्मचारीमा कोरोना देखिएपछि मुद्रा विभाग सिल

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २८ साउन

नेपाल राष्ट्र बैंकका एक कर्मचारीमा पनि कोरोना संक्रमण देखिएको छ । राष्ट्र बैंकको प्रमुख कार्यालय बालुवाटारमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण देखिएको हो ।राष्ट्र बैंकका एक अधिकारीले दिएको जानकारीअनुसार संक्रमण देखिएका कर्मचारी मुद्रा व्यवस्थापन विभागमा कार्यरत थिए ।

स्वास्थ्यमा समस्या आएपछि आफैंले परीक्षण गराएका उनलाई बुधबार संक्रमण पुष्टि भएको राष्ट्र बैंकले बताएको छ ।कर्मचारीमा कोरोना देखिएपछि बालुवाटारस्थित उनको विभागमा सिल गरिएको छ । विभाग सिल गरेर उनको सम्पर्कमा आएका सबैको कोरोना परीक्षण गरिएको राष्ट्र बैंकले बताएको छ ।

कोरोना भाइरस संक्रमितको संख्या दिन प्रतिदिन थपिँदै जान थालेपछि बुटवल उपमहानगरपालिकामा लकडाउन गरिएको छ।बुधबार प्रदेश ५ का आन्तरिक मामिला मन्त्री कुलप्रसाद केशी, सुरक्षा निकायका प्रमुख तथा रुपन्देहीका प्रमुख जिल्ला अधिकारीसहित बसेको बैठकले बुटवलमा पुनः लकडाउन गर्ने निर्णय गरेको हो।

बुटवल उपमहानगरपालिकाका उपप्रमुख गोमादेवी आचार्यले बिहीबार राति १२ बजेदेखि भदौ ५ गते राति १२ बजेसम्म ९ दिन लकडाउन गर्ने निर्णय गरिएको जानकारी दिइन्।अचानक लकडाउन गर्दा बुटवलबाट अन्यत्र जाने र बुटवल आउनेहरुलाई हुनसक्ने समस्यालाई मध्यनजर गरी एकदिनको समय दिएर लकडाउन गर्ने निर्णय गरिएको आचार्यले बताइन्।

लकडाउन घोषणा गरिएपछि बुटवलमा अत्यावश्यक सेवाका सवारी साधन, दैनिक उपभोग्य वस्तु ढुवानी गर्ने साधन लगायत अत्यावश्यक सेवा मात्र संचालन हुने छन्।साउन महिना लागेसँगै लकडाउन हटेपछि बुटवलमा यातायात बाहेकका सेवाहरु संचालन हुने क्रम बढिरहेको थियो। प्रदेशको अस्थायी राजधानी रहेका कारण दैनिक आवतजावत गर्ने व्यक्तिहरुको चाप बढिरहेको र कोरोना भाइरसको संक्रमण फैलिदै गएपछि लकडाउन गर्ने निर्णय गरिएको उपप्रमुख आचार्यले जानकारी दिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *