जमुना अधिकारी
भक्तपुर, २६ फागुन
ख्वप इन्जिनियरिङ कलेज भक्तपुर लिवालीमा नेपाल क्रान्तिकारी सांस्कृतिक संघ, केन्द्रीय समितिले आयोजना गरेको ‘पत्रसाहित्यमा रोहित’ नामक पुस्तकको सार्वजनिकीकरण कार्यक्रमका प्रमुख अतिथि क. नारायणमान बिजुक्छेंले उक्त पुस्तकको विमोचन गरेको छ ।
सुन्दर वासी (हरि सुन्दर वासी)द्वारा लिखित उक्त पुस्तक ‘जेलका चिठ्ठी’ नामक पुस्तकको समालोचनात्मक लेख भएको जानकारी दिएका छन् । कार्यक्रममा विभिन्न साहित्यिक् विधाका अव्वल व्यक्तित्वहरू सुरेन्द्र गोसाई, निरज लवजु, रविन्द्र न्हेमाँफुकी, हरिहर तिमल्सिना लगायत क. बिजुक्छेंले उक्त विधा ‘साहित्यिक क्षेत्रमा कोसेढुंगा’ सावित हुने तथा सानातिना व्याकरणीय त्रुटि सच्याउनु पर्र्ने औँल्याएका छन् ।