आज काठमाडौंमा १४० नयाँ संक्रमित थपिए, उपत्यकामा जम्मा संक्रमित १,४५४

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाै., २८ साउन

काठमाडौं उपत्यकामा बुधबार १४० जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा १११, ललितपुरमा २१ र भक्तपुरमा ८ जना कोरोना संक्रमित देखिएका छन्।

आजको सहित काठमाडौं उपत्यकामा कुल संक्रमितको संख्या १४५४ पुगेको छ। काठमाडौंमा ११६९, ललितपुरमा १८० र भक्तपुरमा १०५ संक्रमित पुष्टि भएका छन्।

बुधबार देशभर ४८४ संक्रमित थपिएका छन्। योसँगै कुल संक्रमितको संख्या २४ हजार ४ सय ३२ पुगेको छ भने ६४ जना संक्रमित निको भएका छन्। निको हुनेहरुको संख्या १६ हजार ७ सय २८ पुगेको छ।

आज १० हजार ४ सय ८१ जनाको पिसिआर टेस्ट भएको छ भने हालसम्म ४ लाख ७३ हजार १ सय ७८ जनाको पिसिआर टेस्ट भएको मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *