न्यूज अपडेट
एजेन्सी, २८ साउन

भारतीय अभिनेता सञ्जय दत्तलाई फोक्सोको क्यान्सर भएको खुलेको छ । वर्षीय अभिनेता दत्तलाई फोक्सोको क्यान्सर भएको पुष्टि भएसँगै उनी उपचारका लागि अमेरिका प्रस्थान गरेका छन् ।
सञ्जयलाई फोक्सोको क्यान्सर भएको उनका एक घनिष्ट मित्रलाई उदृत गर्दै दैनिक भास्करले समाचार लेखेको छ । शरीरमा अक्सिजनको गडबडी देखिएलगत्तै अगष्ट ८ मा सञ्जयलाई मुम्बइस्थित लिलावती अस्पतालमा भर्ना गरिएको थियो ।
उनलाई त्यसबेला सास फेर्न निकै सकस भएको थियो । उनको त्यसबेला कोरोना परीक्षण समेत गरिएको थियो । २ दिन लिलावती अस्पतालमा उपचार गरेर सोमबार उनी डिस्चार्ज भएका थिए । अभिनेता दत्तको परिवार भने ५ महिनादेखि लकाउनका कारण दुबईमा रहेका छन् । सञ्जयको परिवार पनि क्यान्सर पीडित परिवारका रुपमा चिनिन्छ ।